Hollywoodkhabar advertisement

भारतीय गुप्तचर प्रमुख सामन्त गोयल नेपालामा, एयरपोर्टमा उन्मुक्त प्रवेस

-भारतीय गुप्तचर प्रमुख सामन्त गोयल
0
shares

पहिला पहिला गुप्या रुमपा भारतीय शक्ति केन्द्रका व्यक्तिहरु नेपाल आउने गर्दथे। तर पछिल्लो समय नेपालको निर्णय, राज्य संरचना, रुपान्तरण सबै क्षेत्रमा नेपाल सरकारले भारतीय पक्षलाइ प्रवेस दिने गरेको छ। राष्ट्रियतामा सबै भन्दा नालायक समय केपी शर्मा ओलीको प्रधानमन्त्री कार्यकालमा भएका छन्।

हाल भारतीय गुप्तचर संस्था रअका प्रमुख सामान्त गोयल काठमाडौँ आएका छन्। शक्ति प्रदर्शन गर्दै इन्डियन एयर फोर्सको विमानबाट नेपाल उत्रिएका गोयल किन आएका हुन् र के उपद्रब गर्दैछन त्यो खुलेको छैन। एक संचार संस्थाले खोलेको जानकारी अनुसार रअले नेपालमा संचार, राजनीति, प्रशाशन लगायत क्षेत्रमा २२ हजार एजेण्ट/दलाल पालेको छ। उनीहरुले मासिक ५ हजार देखि ठुलो-ठुलो सम्मका रकम भारतीय दुतावासबाट बुझ्ने गर्छन।

नागरिक न्यूजका अनुसार उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा आगमन रेकर्ड समेत गरिएन। करिव ८/१० घण्टाको समय नेपाल बसेर उनले के गर्ने हुन् ? यतिले नपुगेर भारतीय सेनाध्यक्ष मुकुन्द नरवाणे पनि नेपालको आउने भएका छन्। यो भनेको कुनै सामान्य अवस्था होइन एकदम ठुलो शक्तिको खेल हो।