तस्बिर साभार वेब

भिमफेदी कारागारबाट कैदी फरार

Hollywood Khabar November 15,2019 Comments

१ मंसीर मकवानपुर।भिमफेदी कारागारबाट शनिबार राति एक कैदी फरार भएका छन्। कर्तव्य ज्यान मुद्धामा जन्म कैदको सजाय भोगिरहेका ३० वर्षीय कुलदीप राज धामी फरार भएको कारागारका प्रमुख जेलर प्रकाश खनालले जानकारी दिनुभयो।

कारागार वरीपरी १२ फिटभन्दा अग्लो पर्खाल रहेकाले नाघेर भाग्न एक्लैले सम्भव नरहेको भन्दै प्रमुख खनालले अनुसन्धान भइरहेको जानकारी दिनुभयो।कारागारबाट कैदी फरार भएपछि यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) मुकेशकुमार सिंहले जानकारी दिनुभयो।

पर्खालको भागमा सानो खाली ठाउँ रहेको र त्यहाँ तारले बेरिएको थियो।त्यहाँको तार तानिएकाले त्यहीँबाट भागेको हुन सक्ने अनुमान गरिएको एसपी सिंहले बताउनु भयो। धामीको खोजीका लागि उनको स्थाथी घर चितवन र पुरानो ठेगाना सुनसरीमासमेत अलर्ट गरिएको प्रमुख जेलर खनालले बताउनु भयो। 

कारागारमा रहेका कैदीहरुको आन्तरिक प्रशासनले राति पौने १० बजे कैदी फरार भएको थाहा पाएको थियो।त्यसपछि नै तत्काल खोजी कार्य अघि बढाइएको उहाँले जानकारी दिनु भयो।जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्धामा २० वर्ष जेल सजाय तोकिएका धामी पाँच वर्षदेखि सजाय भोगिरहेका थिए।