भोलि मंगलबार बिहान ६ बजेदेखि देशभर लकडाउन

0
shares

by Soni Sharma | Updated: 23 Mar 2020

188 views
साङ्केतिक तस्बिर

१० चैत,काठमाडौं।सरकारले भोलि मंगलबार बिहान ६ बजेदेखि देशभर लकडाउन गर्ने निर्णय गरेको छ।उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वलर पोखरेलको संयोकत्वमा रहेको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले देशभर लक डाउन गर्ने निर्णय गरेको हो।

अब भोलि विहानबाट एक सातासम्म घरबाट बाहिर निस्कन पाइने छैन भने सवारी पनि चल्दैन।लक डाउनमा सबै हवाइसेवा बन्द हुनेछन्। रक्षाकर्मी, स्वास्थ्यकर्मी जस्ता अत्यावश्यक सेवामा खटिएका तथा अनुमति प्राप्त व्यक्ति र सवारी साधनबाहेकको आवतजावत रोकिनेछ।