-जोगबनी नाका

चाडपर्वमा भारतबाट नेपाल फर्कनेलाइ  शिमा क्षेत्रमा सहज बनाइने 

Hollywood Khabar September 20,2019 Comments

५असोज,काठमाडौं।भारतीय पक्षले नजिकिँदै गरेको दशैँ, तिहार र छठजस्ता मुख्य चाडपर्वका बेला भारतबाट रोजगारी गरेर फर्किने नेपालीलाइ सीमा क्षेत्रमा सहज र सुरक्षित आवागमनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।शनिबार भारतको गौरीफन्टामा भएको दुई देशबीचको सीमा सुरक्षा समन्वय बैठकमा भारतकातर्फबाट सहभागी सीमा सुरक्षा बल (एसएसबी), भारतीय कष्टम तथा अन्य निकायले चाडपर्वका बेला घर फर्किने नेपालीको यात्रा सुरक्षित बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण झलारीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक वीरसिंह साहुले जानकारी दिए ।