-भुपेन्द्र जंग शाहीलाइ तरुण दलको महासचिव र सदस्य समेत नरहने गरि कारबाही

भुपेन्द्र जंग शाहीलाइ तरुण दलको महासचिव र सदस्य समेत नरहने गरि कारबाही

Hollywood Khabar September 13,2019 Comments

कृष्ण के सी/अमेरिका/९/१४/१९

नेपाल तरुण दलका अध्यक्ष जित जंङ्ग बस्नेतले दलका महासचिव भुपेन्द्र जंग शाहीलाइ दलको महासचिव र साधारण सदस्य समेत नरहने गरि कारबाही गरेका छन्।

हलिउडखबरलाइ प्राप्त आधिकारिक पत्रमा अध्यक्ष बस्नेतले २०७६/५/२८ को मितिमा पत्र संख्या १६४/०७६/०७७, चलानी नम्बर १६४ अनुसार भुपेन्द्र जंग शाहीलाइ लेखेको पत्रमा उक्त कारबाही गरेको कुरा उल्लेख गरिएको छ।

पत्रमा शाहीलाइ पदिय मर्यादा, जिम्मेवारी र नेपाली काँगेस पार्टी र नेपाल तरुण दलको आदर्श एवं सिद्धान्त विपरित गएर अनुशाशनहिन कार्य गरेकोले उक्त कारबाही गरिएको जनाइएको छ। कारबाही दलको विधानको परिच्छेद १०, धारा ४४ बमोजिम दलको महासचिव र कुनै पनि सदस्य नरहने गरि कारबाही गरिएको कुरा उल्लेख गरिएको छ।

पत्रको बोधार्थ नेपाली काँगेस पार्टीका सभापति शेर बहादुर देउबालाइ समेत दिइएको छ।