Hollywoodkhabar advertisement

वैदिक दर्शन कति महत्त्वपूर्ण र मानवमैत्री रहिछन कोभिड १९ सँग जोडेर एकपटक विचार गरौं

-व्यासाचार्य भुवन गुरु, अन्तर्राष्ट्रिय आध्यात्मिक पर्यटन सद्भावना दुत, नेपाल सरकार

व्यासाचार्य भुवन गुरु, अन्तर्राष्ट्रिय आध्यात्मिक पर्यटन सद्भावना दुत, नेपाल सरकार

विश्वको सबैभन्दा प्राचीन र बैज्ञानिक दर्शन भनेको वेद हो। वेदले मानव सभ्यता वातानुकुलित कर्म, प्रकृति प्रेम, पन्चमहाभुतको अस्तित्व कायम र विकास गर्न अभिप्रेरित गरेका छन छ। हर समय, घडी, पला, दिन, हप्ता, मास र वर्षभरी मानवले कुन समयमा के गर्ने र कसरी गर्ने भन्ने विधिहरुको मार्गनिर्देशन वेदले गरको छ।

भौतिकवादि सिद्धान्त नै सर्वमान्य ठान्ने हाम्रो सोच र चिन्तन आज विश्व मानव सभ्यताको लागि असफल मात्र होइन अभिशाप नै बन्न पुगेको छ। अध्यात्मलाइ केबल तुच्छ सम्झने यसलाई रुढीबादी र अन्धविश्वासको संज्ञा दिने यसभित्रका दर्शनलाइ इन्कार गर्ने जस्ता प्रवृती छ। त्यहि अहंकारले संसारलाइ दग्ध बनाइरहेको अवस्था छ। दिनानुदिन नयाँ-नयाँ रोगहरु प्रादुर्भाव हुँदै जाने जसका कारण करोडौं प्राणीहरुको जीवन् संकटमय बन्नु यो वर्तमानमा हामीले भोग्नु परेको पीडा हो।

हाम्रा वैदिक दर्शन कति महत्त्वपूर्ण र मानवमैत्री रहिछन एकपटक विचार गरौं त ?

आज दुनियाँ कोरोना भाइरसले आक्रान्त भैरहेको छ। कोरोनाबाट बच्न सफा ताजा र पौस्टिक युक्त आहार गर्नु, सरसफाइमा ध्यान पुर्याउनु, साबुन पानीले राम्रोसँग हात धुनु, एकले अर्कालाई नछुनु, नजिकै नजानु, घर आगन सफा राख्नु, सावधानि अपनाउनु इत्यादी निर्देशन गरिएको छ। के यी उपदेश आजको नयाँ भौतिकवादी बैज्ञानिकका हुन त ? अवश्य होइन यी भन्दा करोडौं गुणा पारदर्शी र औचित्यपूर्ण कुराहरू त हाम्रा प्राचीन ऋषिहरुले बताइसक्नु भएको छ।

जस्तैः

बिहान ब्रह्ममुहुर्तमा उठनु, शौच गर्नु, शौच गरिसकेपछि तीन पटक सम्म उचित पदार्थले हात धुनु। सातपटक मुख कुल्ला गर्नु, स्नान गर्नु, सफा र सुकिला वस्त्र पहिरिनु। सकेसम्म पहेंलो र सेतो रङ्गको वस्त्र धारण गर्नु। एकैछिन सम्म कुशासनमा बसेर ध्यान गर्नु। ॐकारको उच्चारण गर्नु, सात्विक भोजन खानु, भाडा वर्तन सधैं सफा राख्नु। भान्सामा जुठो नराख्नु, गाइको गोबरले लितपोत गर्नु।

वासी नखानु अर्थात अपाच्य हुने सडेगलेका खाद्दवस्तु र पदार्थ सेवन नगर्नु। शरीर, मन, कर्म र वचन सदा पवित्र राख्नु। आफू पवित्र छ भने अपवित्र पर व्यक्तिलाई स्पर्श नगर्नु, फोहोर वस्त्र धारी अपवित्र व्यक्तिले पकाएको भोजन ग्रहण नगर्नु, त्यस्ताले दिएको जल नपिउनु।

ठुला र सज्जन संग एक गज दुरीमा बसेर कुरागर्नु। कुरा गर्दा अरुको मुखमा नहेर्नु। मदिरा जस्ता दुशित पिय पदार्थ सेवनधारी शीत सन्मुख भै वार्तालाप नगर्नु, रात्रीमा शयन गर्दा, शौचालय गर्दा, घर बाहिर भ्रमण गर्दा प्रयोग गरिएका वस्त्र धारण गरिएका वस्त्रले भान्सामा प्रवेश नगर्नु। रजस्वला भएका नारिसङ्ग सम्भोग नगर्नु, पुरुषले परस्त्री र नारिले परपुरुष शीत अनैतिक सम्बन्ध नराख्नु।

त्यसैगरी सुर्य, वर, पिपल, समि, तुलसी जस्ता वनस्पतिलाई जल चढाउनु। जलस्रोतहरु जस्तो कि, कुवा, पानी घाट, पँधेरो, गङ्गानदी आदि सदा स्वच्छ राख्नु। बाह्यवृतिमा प्रयोग गरिएका लुगा लगाएर खाना नखानु। सेतो अथवा पहेलो धोती बेरेर खाना खानु।

के यी दर्शन मानवोपयोगी छैनन् त? त्यति मात्रै होइन समस्त प्राणी, वातावरण, प्रकृती पन्चमहाभौतिक, सृष्टि अस्तित्व मैत्रीपुर्ण छन। जसको ज्वलन्त उदाहरण वर्तमान अवस्था र परिस्थितिले प्रमाणीकरण गरेको छ। आजका बैज्ञानिकहरुले पनि तिनै दर्शनको फ्लो गरिरहेका छन। भावार्थ उहीँ हो मात्रै शब्द र उच्चारण मात्रै फरक हो।

हाम्रो दर्शनले किन सुतिको सेतो अथवा पहेँलो वस्त्र लगाएर भोजन खामु भने त?

सुतिको सेतो र पहेँलो वस्त्रमा किटाणुहरु रहन सक्दैन। राति सुत्दा, शौच जादा, बाहिर घुम्दा, काम गर्दा आदि अवस्थामा प्रयोग गरिएका वस्त्रहरुमा सुक्ष्म जिवाणुहरु भित्रीन्छन। यदि ती लुगाहरु लगाएर खाना खाइयो भने सम्पुर्ण जिवाणुहरु खानामा पर्छन। जसको कारण हाम्रो शरीर भित्र रोगहरु पैदा हुन्छ र ज्यान जान पनि सक्छ। यस्तो अवस्था नहोस भन्नका लागि नै हामीलाई प्राचिन देखि नै यो विधि बताइएको रहिछ।

फोहोरी व्यक्तिले दिएको, पकाएको खाना नखानु, जल नपिउनु पाप लाग्छ। एक गजको दुरीमा बसेर कुरा गर्नु भन्नुको अर्थ पनि सक्रमण हुन्छ भनेर हो। त्यसैगरी मुखमा हेरेर कुरा गर्दा मुखबाट स्वास र थुकका छिट्टा पर्छन भनेर हो। आखिर यसभित्र पनि बिज्ञान त लुकेको रहिछ नि। यसको अर्थ जिवाणु भाइरस एकदेखी अर्कोमा सर्छ। त्यसैले अहिलेको बिज्ञानले पनि यहि सिकाएको छ। अरुलाइ नछुनु टाढा रहनु, वार्तालाप नगर्नु सफा रहनु।

रजस्वलाको बेलामा स्त्रीभोग नगर्नु भनेर पनि त आखिर त्यही बिज्ञानले भनेको छ। रजस्वलाका समयमा करोडौं दुशित जिवाणुहरु रगतको माध्यमबाट पैदा हुन्छन। यता पुर्विय दर्शनले भनेको छन। यति मात्र होइन रजस्वलाका बेला नारिहरु निकै कम्जोर हुन्छ्न। त्यस्तो बेलामा भोग गरियो भने पाप लाग्छ। आखिर किन पाप लाग्छ भनियो त ? पापको कारण देखाउदै रोगमुक्त हुन निर्देशन दिइएको रहेछ। किनभने त्यो बेलामा पुरुषले स्त्रीभोग गर्दा जिवाणुहरु सर्छन, घर परिवारमा सर्छ, घर हुँदै समाज समाज हुँदै, देश देश हुँदै, विदेश सर्छ भनेर नै रहेछ। आज त्यही कारण पनि दुनियाँमा भाइरस सर्दै जगत व्याप्त गरेको छ।

हत्या, हिंसा नगर्नु पाप लाग्छ। आखिर यसभित्र कति बिज्ञान छ। हामी आफैं विचार गरौं। रोग भनेको हावाको माध्यमबाट छिटो सर्छ। पशुपन्छी भित्र विभिन्न जिवाणुहरु अवस्थित हुन्छन। उनीहरुको खानाको कारणले गर्दा तिनिहरुलाइ बध गर्ने बित्तिकै ती सुक्ष्म जिवाणुहरु पुन:सकृय भै हावाको माध्यमबाट दोस्रो प्राणिमा प्रवेश गर्छ। त्यसबाट पनि भाइरस र ब्याक्टेरियाहरु वृद्धि हुँदै जान्छन। त्यसकारण भगवान बुद्दले पनि अहिंसा परमो धर्मको उपदेश दिनुभएको छ।

कोरोना भाइरस जस्ता हज्जारौं रोगहरुबाट विश्वलाई मुक्त बनाउन दुइटा सिद्धान्तको अनुशरण गर्न आवस्यक छ। त्यो हो आहार र विहार। यदि यी दुइटा सिद्धान्त मानवले जिवनमा चरितार्थ गर्न सक्यो भने संसार रोगमुक्त हुन सक्छ। होइन भने यसले लाखौं सन्तानहरु पैदा गरि मानव सभ्यताको नस्ट गर्नेछ। आज कोरोनाकै कारण ज्ञात अज्ञात तरिकाले विश्व मानव समाजले पूर्वीय दर्शन र वेदोपदेशको अनुशरण गरेको छ। यसको उपचारको पक्ष पनि वैदिक सनातनमा नै छ। त्यसैको एउटा सिंगो पाटो नै आयुर्वेद हो। जिवणु र संक्रमणका कुरा पनि वेदमा नै छन्।

किनभने सत्यमेव जयते अर्थात सत्य सत्य नै हुन्छ। यसबाट विश्वले ठुलो पाठ सिक्न आवश्यक छ। किनकी हाम्रो वेद दर्शन नै बिज्ञान हो। जसले मानवलाई जीवन जिउने कला सिकाएको छ। त्यसैले वेद नै व्यक्ति, समाज र संसारको बिधि, विज्ञान, प्रशान र औषधिको गर्व हो।

अस्तु !

ADVERTISEMENT-----