९ साउन काठमाडौँ।अभिनेता भुवन केसीले जिल्ला अदालत काठमाडौंमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह विरुद्ध ‘बेइज्जती’ मुद्दा दर्ता गरेका छन्।शुक्रबार केसीले नायिका शाह शाहविरुद्ध ‘बेइज्जती’ मुद्दा दर्ता गराएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिए।
यसअघि अभिनेता केसीले साम्राज्ञीले आफूलाई झुठो आरोप लगाएको भन्दै चलचित्र कलाकार संघमा छानबिनको लागि उजुरी दिएका थिए।नायिका साम्राज्ञीले चलचित्रमा काम गर्दा सुरुको समयमा आफूमाथि दुर्व्यवहार भएको आफ्नो इन्स्टाग्राम मार्फत भिडियोबाट जानकारी दिएकी थिइन्। साम्राज्ञीको पहिले भिडियो सार्वजनिक भएपछि भुवनले उनको भनाइमा प्रतिक्रिया दिएका थिए। कुरा सुल्झनुसट्टा झन् बढेको थियो।
भुवनले घटनापछि केही सञ्चारमाध्यमहरुमा अन्तर्वार्ता दिए, साम्राज्ञी मौन बसिन्। चलचित्र कलाकार संघमा उजुरी दिएपछि पनि साम्राज्ञी मिडियामा आइनन्। शुक्रबार साम्राज्ञीविरुद्ध दर्ता भएको खबर सार्वजनिक भएपछि पनि साम्राज्ञी सम्पर्कमा आइनन्। साम्रज्ञीको आमा नेहा राज्यलक्ष्मी शाहसँग कुराकानी गर्दा यस बारेमा आफू अञ्जान रहेको बताइन्। उनले भनिन्, ‘हामीलाई त्यस्तो केही पनि थाहा छैन, अब मुद्दा दर्ता भएकै हो भने, प्रक्रिया अनुसार अगाडि बढौँला।’
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...