-बाइडेन अमेरिकाका ४६ औं राष्ट्रपति, ह्यारिस पहिलो महिला उपराष्ट्रपतिमा निर्वाचित

बाइडेन अमेरिकाका ४६ औं राष्ट्रपति, ह्यारिस पहिलो महिला उपराष्ट्रपतिमा निर्वाचित

Hollywood Khabar November 06,2020 Comments

कृष्ण के सी, अमेरिका/११/७/२०२०

अमेरिकाको नोवेम्बर ३, २०२० मा भएको निर्वाचनमा राष्ट्रपति डनल्ड ट्रम्प र पूर्व उपराष्ट्रपति जो बाइडेनबीच भएको निर्वाचनको मत परिणाम अन्तिम चरणमा पुगेको छ।

मतपरिणाम आउने क्रम छ नै। पूर्व उपराष्ट्रपति जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित भएका छन्। हाल सम्म कल आउट भएका मध्ये २७३ मतले उनि बिजयी भएका हुन्। बाँकी ६ राज्य एरिजोना र नेभाडा पनि उनकै पक्षमा कलआउट छिट्टै हुने अवस्था छ। अन्तिममा उनले २९० मत ल्याउने अवस्था छ।

७८ बर्षीय बाइडेन अमेरिकाको इतिहासमा सबै भन्दा बढी उमेरका राष्ट्रपति हुनेछन। उनी संगै उपराष्ट्रपतिमा सिनेटर कमला ह्यारिसले जित हासिल गरेकी छन्। उनि पनि इतिहासमा नै पहिलो महिला उपराष्ट्रपति हुने भएकी छन्।