-राष्ट्रपति निर्वाचन-प्रोजेक्शन ७: जो बाइडेन जित्ने डेमोक्र्याटहरुको विश्वास, ६ स्टेटको कल बाँकी

राष्ट्रपति निर्वाचन-प्रोजेक्शन ७: जो बाइडेन जित्ने डेमोक्र्याटहरुको विश्वास, ६ स्टेटको कल बाँकी

Hollywood Khabar November 04,2020 Comments

कृष्ण के सी, अमेरिका/११/५/२०२०

अमेरिकाको नोवेम्बर ३, २०२० मा भएको निर्वाचनमा रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति डनल्ड ट्रम्प र डेमोक्र्याटिक पार्टीका नोमिनी तथा पूर्व उपराष्ट्रपति जो बाइडेनबीच भएको निर्वाचनको मत परिणाम अन्तिम अन्तिम चरणतिर पुगेको छ।

निर्वाचनमा बिजयी हुन् ५३८ इलेक्ट्रोरल मत मध्ये २७० कलेज मत ल्याउनुपर्छ। CNN ले नोवेम्बर ५ बिहान गरेको प्रोजेक्शन अनुसार जो बाइडेनले २७० मत नै ल्याएर जित्ने संभावना बढेको छ। यसै कुरामा डेमोक्र्याटहरु ढुक्क भएका छन् र उनिहरुको विश्वास छ। हिजो आफ्नो संदेशमा पनि जो बाइडेनले त्यहि संदेश दिएका थिए।

हाल कल गर्न बाँकी रहेका ६ वटा स्टेट Alaska, Arizona, Georgia, Nevada, North Carolina र Pennsylvania छन्। त्यसमध्ये अलास्कामा राष्ट्रपति ट्रम्पले जित्छन। एरिजोना र नेभडामामा बाइडेनले १ % भन्दा केहि धेरैले लिड गरेका छन्। बाँकी जर्जिया, पेन्सलभेनिया र नर्थ क्यारोलिनामा राष्ट्रपति ट्रम्पको लिड र बाइडेन क्याच अप रनिङ्गमा छन्।

ABC News का अनुसार जर्जियामा बाइडेनले जित्ने संभावना पनि रहेको उल्लेख गरेको छ। तर जे सुकै भएपनि नेभाडामा बाइडेनको जित अड्केको छ। तर एरिजोना लगभग बाइडेनले जितिसके भएता पनि यी दुवैको पछिल्लो परिणाम बिहिबार राती मात्र प्राप्त हुने बताइएको छ।

CNN भन्छ, पेन्सलभेनियामा करिव १ लाख ४० हजार भन्दा धेरै मेल ब्यालेट त फिलाडेल्फ़ियामा नै छन्। त्यसमा बहुमत डेमोक्र्याटहरुको भोट हो। तर पनि राष्ट्रपति ट्रम्पले १ लाख ६० हजार भन्दा धेरैले लिड गरेका छन्। अरु ३०/४० हजार मेल ब्यालेट छन्। त्यो सबै हेर्दा बाइडेनले जित्ने कुरामा पनि डेमोक्र्याटहरु अपेक्षित छन्।

यसैबीच केहि स्टेटमा मत गणना रोक्न राष्ट्रपति ट्रम्पले ल सुट गरेका छन्। तर पनि मत गणना रोकिएको छैन। स्टेट ल अनुसार गणना रोक्नु पर्ने फरक कारण छन्।