-राष्ट्रपति निर्वाचन: राष्ट्रपति ट्रम्पको क्रश कन्ट्री ल सुट मत गणना नरोक्ने अधिकारीहरुको उजागर

राष्ट्रपति निर्वाचन: राष्ट्रपति ट्रम्पको क्रश कन्ट्री ल सुट मत गणना नरोक्ने अधिकारीहरुको उजागर

Hollywood Khabar November 05,2020 Comments

कृष्ण के सी, अमेरिका/११/५/२०२०

अमेरिकाको नोवेम्बर ३, २०२० मा भएको निर्वाचनमा राष्ट्रपति डनल्ड ट्रम्प र पूर्व उपराष्ट्रपति जो बाइडेनबीच भएको निर्वाचनको मत परिणाम अन्तिम अन्तिम चरणतिर पुगेको छ।

निर्वाचनमा बिजयी हुन् ५३८ इलेक्ट्रोरल कलेज मत मध्ये २७० मत ल्याउनुपर्छ। पछिल्लो प्रोजेक्शन अनुसार जो बाइडेनले २७० मत भन्दा धेरै ल्याएर जित्ने संभावना बढेको छ। एरिजोना, नेभाडा मात्र होइन पछिल्लो पटक पेन्सलभेनिया र जर्जियामा पनि मत अत्यन्तै झिनो फरक भएको छ।

यसैबीच आज राष्ट्रपति ट्रम्प र जो बाइदेन दुबैले स्टेट्मेण्ट दिए। राष्ट्रपति ट्रम्पले एबसेण्टी ब्यालेट गणना गर्न नहुने र मत चोरेको, इलेक्शन सिष्टम नै भ्रष्ट्र भएको आरोप लगाए। तर जो बाइडेनले भने डेमोक्रेसीमा धर्यता आवश्यकतापर्छ र यो समय धैर्यताको रहेको बताए। उनले लगभग जितको नजिक भएको कुरा पनि संयम तरिकाले प्रस्तुत गरे।

यसै बीच क्रश कन्ट्री नै धेरै स्टेटमा मत गणना रोक्न राष्ट्रपति ट्रम्पले ल सुट गरेका छन्। तर पनि मत गणना रोकिएको छैन। स्टेट ल अनुसार गणना रोक्नु पर्ने फरक कानुनी कारण छन्। राष्ट्रपति ट्रम्पको सो कदमको रिपब्लिकन नेताहरुले नै बिरोध गरेका छन्। राष्ट्रपति ट्रम्पको यो कदमले डेमोक्रेसीलाइ नै धरासाही बनाउने बताएका छन्।