-सार्थक संगीत यात्रा-२

सान फ्रान्सिस्कोमा सार्थक संगीत यात्रा-२ हुँदै, गायक श्रेष्ठ प्रमुख अतिथि

Hollywood Khabar June 24,2019 Comments

कृष्ण के सी/अमेरिका/६/२५/१९

विकल्प फाउण्डेशनको आयोजनामा निरन्तर सार्थक संगीत यात्रा सेप्टेम्बर २८, २०१९ मा हुने भएको छ।

विकल्प फाउण्डेशन नयाँ स्थापना भएको सांगीतिक समूह हो। आफ्नो स्थापनाको पहिलो बर्ष निरन्तर सार्थक संगीत यात्रा सुरु गरेर आफ्नो यात्रा सुरु गरेको विकल्प फाउण्डेशनले यो बर्ष आफ्नो दोश्रो यात्राको पनि आयोजना गरेको छ।

विकल्प फाउण्डेशनले २०१८ मा संगीतकार, गायक, कलाकार सर्जक स्व मदन दिपबिम बस्नेतको सम्मानमा निरन्तर संगीत यात्रा-१ को आयोजना गरेको थियो। यो २०१९ को संगीत यात्रा -२ मा आयोजकले नेपालका चर्चित गायक दीप श्रेष्ठलाइ आफ्नो अथिति बनाएको छ। कार्यक्रमका सह आयोजकहरुमा लायन्स क्लब बर्कली लालीगुराँश र लायन्स क्लब बुद्ध सान फ्रान्सिस्को रहेका छन्।

कार्यक्रमबारे आयोजक विकल्प फाउण्डेशनका निर्मल फुंयालले हलिउडखबरलाइ दिएको जानकारी अनुसार कार्यक्रम सेप्टेम्बर २८, २०१९ मा हुनेछ। सांझ ६ बजे देखि राति ११ बजे सम्म हुने कार्यक्रम सिटी अफ ओकल्याण्डको एशियन कल्चर सेन्टरमा हुनेछ कुरा बताइएको छ। कार्यक्रमको लागि गेट फि $२० प्रति व्यक्ति राखिएको छ।

Date: Sep 28, 2019

Time: 6:00pm - 11:00pm

Venue: Oakland Asian Culture Center, 388 9th Street, Oakland, CA 94607