-सरोज खनालको अभिनयमा हावाको झोक्का

बिकास थापाको रचना, सरोज खनालको अभिनयमा हावाको झोक्का

Hollywood Khabar March 28,2019 Comments

सर्बज्ञा वाग्ले/क्यालिफोर्निया/अमेरिका

कवि, लेखक, तथा गीतकार बिकास थापाको शब्द रचना रहेको आधुनिक गीत हावाको झोक्का नव बर्ष २०७६ को शु-आरम्भ सँगै बजारमा आउने भएको छ।

बरिष्ठ संगीतकार सन्तोष श्रेष्ठको उत्कृष्ट संगीत संयोजन रहेको यस गीतमा बरिष्ठ तथा लोकप्रिय गायक रामकृष्ण ढकालको कर्ण प्रिय स्वर रहेको छ भने कवि तथा निर्देशक हेमप्रभासको परिकल्पना तथा स्क्रिप्ट रहेको यो गीतको छायाँकन पनि हेमप्रभास कै निर्देशनमा तयार भएको हो ।

चार मिनेटको समय अवधि भित्रमा गीतको भाव अनुसार एउटा परिवारिक घटना क्रमलाई सुरु देखि अन्त सम्म निक्कै यथार्थ परक र कारुणिक ढंड्गले अहिलेको हामी बाँचेको समाजको यथार्थलाई जिवन्त भावमा उतारिएको छ । यस गीत भित्र बाबुको भुमिकामा बरिष्ठ नायक सरोज खनाल , आमाको भुमिकामा कवियत्री रिमा के सी , छोराको भुमिकामा सुजन थापा र छोरिको भुमिकामा सविना आचार्यको उत्कृष्ट अभिनय रहेको छ ।

यो गीत मनोरन्जनको लागी मात्र नबनि यसले अहिलेको समाजको यथार्थलाई पनि चित्रित गर्न खोजेको छ र यो गीत छुट्टै पृष्ठभुमिबाट उठेर शन्देस मुलक पनि बनेको छ। एउटा परिवारमा आमाको भुमिका कति महत्वपुर्ण हुन्छ।

मातृशोक बाट बालबच्चाको मतिष्कमा कस्तो सम्म नकरात्मक प्रभाव पर्न जान्छ । मातृशोकको पीडालाई भुल्न बालबच्चालाई कति गाह्रो हुन्छ र किशोर भएपछि पनि बच्चाहरू कसरी कुलतमा फस्न पुग्छन् र अन्तमा एउटा बाबुको स्थिति कति सम्म दयनिय हुन पुग्छ त्यसलाई सजिव ढंड्गले उतारिएको छ ।

गीत भित्र मर्म स्पर्शि पारिवारिक कथा छ । हामी बाँचेको अहिलेको समाज , नियतिले मानिसलाई दिन सक्ने पीडालाई निक्कै संवेदनसिल ढंगले देखाईएको हुनाले पनि यो गीत लोकप्रिय बन्ने छ । एउटा सुखी र समृद्द परिवार पनि एकाएक कसरी बिखण्डित हुन पुग्छ । आमाको मृत्यु पश्चात मातृशोक भुल्नको लागी एउटा बालमतिष्क कसरी कुलतमा फस्न पुग्छ र त्यसपछिको पारिवारिक परिघटनाले कस्तो सम्मको बिकराल मोड लिन्छ ।

श्रीमतिको मृत्यु शोकमा डुबेको एउटा श्रीमान ,आमाको मातृशोक भुल्न नसकेर कुलतमा फस्न पुगेका आफ्नै छोरा छोरीको अगाडी एउटा बाबुले कस्तो सम्मको नियति स्वीकार्न बाध्य हुन्छ । आफ्नो परिवार , आफ्नो बालबच्चाको भबिष्य कस्तो बनाउँछु भनेर दु:ख गर्दै गरेको एउटा बाबुको सपनामा कसरि तुषरापात हुन्छ ।आमा नभए पछि बालबच्चा कसरी बिग्रन पुग्छन् । यो चार मिनेटको गीत भित्र एउटा पुर्ण सिनेमाको कथा बस्तुलाई समेटिएको छ ।

यस गीत यस भित्रको रहेको कथाको परिकल्पनाले आगामी दिनमा नेपालको गीत सँगितको क्षेत्रमा नयाँ दृष्टिकोण स्थापित गर्ने नै छ । साथै यसले नेपाली गीत संगितको क्षेत्रलाई नयाँ बाटो देखाउनको साथै बिश्वस्तरिया बनाउनको लागी पनि महत्वपुर्ण भुमिका खेल्ने छ । नेपाली गीतहरूमा बनेका म्युजिक भिडियोमा यो स्तरको कथा बस्तुको परिकल्पना, स्क्रिप्ट लेखाई, निर्देशन, अभिनय र छायाँकनको स्तरिया बिरलै देख्न पाईन्छ । तसर्थ पनि यो गीत नेपाली गीत सँगितको क्षेत्रमा उदारणिय बन्ने छ ।