बिमस्टेक क्षेत्र आतंकवाद,संगठित अपराधको जोखिममा छ :प्रधानमन्त्री ओली

Hollywood Khabar August 29,2018 Comments

१४ भदौ, काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा बिमस्टेक क्षेत्र आतंकवाद, संगठित अपराध, लागूऔषधको तस्करी, मानव तस्करी तथा मनि लाउन्डरिङको जोखिममा रहेको बताएका छन्।प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनको बिहीबार काठमाडौंमा उदघाटन गर्दैै प्रधानमन्त्री ओलीले आतंकवादको सबै रूप र अभिव्यक्तिहरूलाई पराजित गर्न बिमस्टेक सदस्य राष्ट्र एकजुट हुनुपर्ने बताएका हुन्।प्रधानमन्त्री ओलीले बिमस्टेक सदस्य राष्ट्रलाई जोड्ने बलियो माध्यम बुद्ध धर्म भएको भन्दै सार्क र बिमस्टेक एकअर्काको पूरक नभएको भन्दै बिमस्टेकप्रति क्षेत्रीय सहयोगको प्रक्रियाका लागि नेपालको मजबुत प्रतिबद्धता रहेको पनि बताएका छन्। प्रधानमन्त्री ओलीले बिमस्टेकले केवल सदस्य देशहरूलाई मात्र नजोडी दक्षिण एसिया र दक्षिण-पूर्वी एसियालाई पनि गाँस्ने हुँदा महासागरहरूका साथै पहाडहरू जोड्ने र पारिस्थितिकीय परस्पर निर्भरतालाई बलियो बनाउने बताए।प्रधानमन्त्री ओलीले चरम गरिबीले दुष्चक्रतिर डोर्‍याउने मात्रै होइन अमानवीय, अन्यायपूर्ण र घातक रहेको भन्दै बिमस्टेकले गरिबी निवारणका योजनाहरूलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउनुपर्ने बताए।