-NRNA:बिनोद प्रसाद भट्टराई मध्येपूर्व क्षेत्रको उपसंयोजकका उम्मेदवार

NRNA:बिनोद प्रसाद भट्टराई मध्येपूर्व क्षेत्रको उपसंयोजकका उम्मेदवार

Hollywood Khabar October 12,2019 Comments

कृष्ण के सी/काठ्माण्डौ/१०/१४/१९

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय परिषद सदस्य बिनोद प्रसाद भट्टराई मध्येपूर्व क्षेत्रको उपसंयोजकका उम्मेदवार हुने भएका छन्।

आदरणीय गैर आवासीय नेपाली दाजुभाई, दिदीबहिनीहरु

पत्रकारतथा शुभेच्छुक मित्रहरु,

वैदेशिक रोजगारीको भरपर्दो गन्तव्यको रुपमा रहेको मध्यपुर्वका विभिन्न देशमा रोजगारी तथा व्यवसाय शिलशिलामा रहनुभएका ३० लाखको हाराहारीका सम्पुर्ण गैरआवासीय नेपालीजनहरुमा महान पर्व विजयादशमी, दिपावली, छठ, नेपाल सम्वत लगायत यहि सेरोफेरोमा आउने सम्पुर्ण राष्ट्रिय चाडपर्वहरुको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

यसैगरि मध्यपुर्वका विभिन्न देशमा कार्यरत गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदहरुले २०१९-२०२१ कार्यकालका गठन गरेका सम्पुर्ण एनसिसीका परिषदहरुलाई समेत हार्दिक वधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु ।

म, सन् २००९ देखि गैरआवासीय नेपाली संघमा आवद्ध भई विभिन्न पदिय जिम्मेवारीहरु वहन गर्दै संस्थागत हित र समग्रमा मध्यपुर्व क्षेत्रको हितमा काम गर्दै आएको कुरा यहाँहरुलाई विदित नै छ ।

विशेष गरि एनसिसि कतारको सचिव, महाचिव हुदैँ दुई पटक आईसिसि सदस्यको जिम्मेवारी सम्हाली सकेको छु। म पदिय जिम्मेवारीमा रहँदा विशेष गरि मध्यपुर्वका साझा मुद्दाहरुलाई नै सर्वोपरी ठान्दै कार्य सम्पादन गरिरहेको छु ।

गैरआवासिय नेपाली अभियानमा प्रत्यक्ष रुपमा कार्य गरिरहँदा संघका हरेक गतिविधिहरुमा मेरो योगदानले केहि न केहि सहयोग गरिरहेको महशुस मैले गरेको छु र त्यसको मुल्यांकन समेत यहाँहरुले गर्नु भएको छ भन्ने विश्वास लिएको छु । २०१५–१७ र २०१७–२०१९ कार्यकालमा आईसिसिको सदस्य साथै २०१७–२०१९ मा ऋब्ब्च्ँ ऋयmmष्ततभभ मा समेत रहेर काम गर्ने मौका पाएको छु। यसले संस्थागत मुल्य र मान्यतालाई कसरी विकास गर्न सकिन्छ साथै एनसिसिहरुसँगको सामिप्यतालाई कसरी कायम गर्न सकिन्छ भन्ने कुरा समेत सिक्ने अवसर पाएको छु ।

समग्र गैरआवासिय नेपालीहरुमा मध्यपुर्वका नेपालीहरुको मुद्दामा केहि भिन्नता छन् । हामी अधिकांश श्रमिकको रुपमा रहेका छौं । केहि प्रतिशत उद्यमी व्यवसायीहरु रहेपछि उनिहरुको मुद्दा अन्य क्षेत्रको भन्दा यहाँका श्रमिकहरुसँग मिल्दो जुल्दो छ ।

यिनै विभिन्न परिवेश र मुद्दाहरुलाई मध्यनजर गर्दै एकिकृत तवरवाट समस्या समाधान गर्न तथा क्षेत्रिय मुद्दामा सवै गैरआवासिय नेपालीहरुलाई एकैठाँउमा राखेर काम गर्नका लागि २०१९-२०२१ को लागि मध्यपुर्व क्षेत्रिय उप–संयोजक (गल्फ उप–संयोजक) को पदमा आफ्नो उम्मेदवारी दिने निर्णय गरेको कुरा यहाँहरुलाई सहर्ष जानकारी गराउदछु ।

यहि आउँदो २०१९ को १५ देखि १७ अक्टोबर सम्ममा काठमाण्डौंमा आयोजना हुन गईरहेको गैरआवासीय नेपाली संघको ९ औं महाधिवेशन तथा विश्व सम्मेलनबाट मध्यपुर्व क्षेत्रिय उप–संयोजकको पदमा सर्वसम्मत वा चुनावी प्रकृयाबाट मलाई जिम्मेवारी सुम्पिनु भएमा विगतको १० वर्षदेखि संगालेको अनुभवलाई परिष्कृत रुपमा उपयोग गर्दै गैरआवासीय नेपाली संघको विश्वव्यापी अभियानमा आफुले कुनै पनि कसुर नराखी सेवा र सहयोग पुर्याउने प्रतिवद्धता गर्दै भूमिका निर्वाह गर्ने कुरामा विश्वस्त दिलाउन चाहन्छु ।

माथि उल्ल्ेख गरे वमोजिम क्षेत्रिय संयोजकको भुमिका निर्वाह गर्न सक्षम र इच्छुक छु भन्दै पूर्ण प्रतिवद्धताका साथ बुँदागत रुपमा मेरो प्रतिबद्धता तपसिल वमोजिम जाहेर गर्न चाहन्छु ।

मध्यपुर्व क्षेत्रमा कार्यरत तथा व्यवसायरत समान दक्षता र उद्यम क्षमता भएका नेपालीहरुलाई लक्षित उद्यमशिलता उत्प्रेरणा कार्यक्रमहरुको संयोजन गर्ने।

अन्त्यमा मध्यपुर्व क्षेत्रमा रहनुहुने सम्पुर्ण गैरआवासीय नेपाली संघका पार्षद मित्रहरुमा सहयोगको अपेक्षा सहित धन्यवाद ज्ञापन गर्न चाहन्छु ।