Hollywoodkhabar advertisement

विन्ती ! मेरो लाश छुन नआउ

इशानि

म मरेको दिन, रुन नआउ 

विन्ति!मेरो लाश छुन नआउ ।

बाचुन्जेल बाटो,राखेनौ कतै 

मरेपछि साख्ये हुन नआउ ।।

जीउँदै मार्यौ,हजारौं चोटि

अधर्मी पाप धुन नआउ ।।

ADVERTISEMENT-----