-बिर गणेशमानको प्रदर्शन र भात ख्वाउने लडाइँमा प्रकाशमान

बिर गणेशमानको प्रदर्शन र भात ख्वाउने लडाइँमा प्रकाशमान

Hollywood Khabar November 14,2019 Comments

कृष्ण के सी/अमेरिका/११/१५/१९

नेपाली काँग्रेस नेता तथा नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह र उनकी धर्मपत्नी सृजना सिंह हाल अमेरिकाको भ्रमणमा छन्। यसै प्रसङ्गमा उनीहरुलाई एयरपोर्टमा स्वागत गर्ने र भात कसले ख्वाउने भन्ने बिषयमा ठूलै लडाइनै चलेको छ।

नेपाली काँग्रेसका भूतपूर्व नेता, नेपाली राजनीतिका लौह पुरुष तथा सर्वमान्य नेता गणेशमान सिंहको जीवनीमा आधारित वृतचित्रको बनेको छ। यसको सफल प्रदर्शन अमेरिकाको विभिन्न शहरमा भएको छ र अझै हुँदै पनि छ। यसका साथै नेता प्रकाशमान सिंहसँग अन्तरकृया समेत हुने गरेको छ।

न्यूयोर्क, डिसी महानगर क्षेत्रपछि अब क्यालिफोर्नियामा समेत सो वृतचित्र प्रदर्शन र प्रकाशमान सिंहसँग अन्तरकृया हुँदैछ। नेता सिंहसँग केहि अन्य नेता र उनकी धर्मपत्नी सृजना सिंह पनि छन्। भोले नेता मानिने प्रकाशमान सिंह भन्दा कार्यकर्तालाइ परिचालन गर्न र जनसम्पर्क गर्नमा उनकी श्रीमती सृजना सिंह बढी क्षमतावान छन् भनिन्छ। हुनत प्रकाशमान काठमाण्डौ छाडेर ललितपुर, भक्तपुर सम्म पनि जाँदैनन भन्ने आरोप अर्कोतिर छ। तर उनि यो पटक सात समुन्दरपारी अमेरिकाका विभिन्न शहरमा घुम्दै छन्।

नेपालमा नेपाली भूमी मिचिएको छ, नेपाल भित्र राजनैतिक अस्थिरता छ, कुनै पनि व्यक्ति राज्यको कानुनले सुरक्षित र नियन्त्रित छैन। जसले जहाँ जे सुकै गरे पनि भएको छ। एक किसिमले भन्ने हो भने बिना मियोको दाईं भएको छ।

यसै सिलशीलामा बिरगणेशमान चलचित्र प्रदर्शन विभिन्न सहरमा जनसम्पर्क समिती र नेकाँ नेता सिंहबीच भेटघाट हुँदैछ। अनि क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा पनि नोभेम्बर १७, २०१९ मा सो कार्यक्रम हुँदैछ। नेपाली जनसम्पर्क समिति उत्तरी क्यालिफोर्नियाले सो को आयोजना गरेको हो।

कार्यक्रममा धेरैजना नेपालीहरु उपस्थित हुनेछन त्यसमा कुनै संका छैन। तर अचम्मको कुरा एक दिन पहिला पुग्ने सिंहलाइ भात कसले ख्वाउने भन्ने कुराको रडाकोले ठूलै चर्चा पाएको छ। यतिमात्र होइन यस बिषयमा बैठक नै चलेको छ। एयरपोर्टमा स्वागत गर्ने देखि लिएर पहिला कसलाई भेट्ने भन्ने कुरामा पनि दोहोरी चलेको छ। यो कस्तो लाजमर्दो कुरा।

एकातिर नेपाली कांग्रेसको आगामी महाधिवेशन कहिले हुने कुनै टुंगो लागेको छैन। उसै पनि चार बर्षे कार्यकाल लम्ब्याउँदै ६ बर्ष पुग्ने अनुमान गरिन्छ। कतिपय भात्रीसंगठन, पार्टी एकाइहरुको अधिवेशनको पनि टुंगो लागेको छैन। आफ्नो पार्टीलाइ चुस्त र तयारी अवस्थामा लैजानु भन्दा अघिल्लो महाधिवेशनले दिएको नियुक्ति नै ऐलेका सभापति शेर बहादुर देउबा नेतृत्वले पुरा गरेको छैन। प्रमाण छैन, तर गत स्थानिय निर्वाचनमा भरतपुर लगायत थुप्रै ठाउँमा तत्कालिन माओबादीलाइ सिट बेचियो भन्ने आरोप पनि जनमानसमा पाइँदो रहेछ।

यसै अवस्थामा नेपाली जनसम्पर्क समिती अमेरिकालाइ एउटा चिठीले फ्रोजन गरेर चिहानमा पुर्याएर राखियो। फेरि अर्को निर्णय गर्दै अर्को पत्रबाट समितिलाई बिउँताएर सकृय बनाइएको छ। समितिका अध्यक्ष आनन्द बिष्ट अधिवेशन पक्का नै गराउने सुरमा छन्। अर्कोपक्ष भने त्यो नाटक मात्र हो अधिवेशन हुँदैन भन्छन। अझै अन्योलमा छ जनसम्पर्क समिति अमेरिका।

यहाँ यस्तै भएको छ। यसो गर्दा नेपाली काँग्रेसले आफ्नो जिम्मेवारीप्रति कुनै लाज मानेको छैन। अनि त्यसैबीच जनसम्पर्कका लाचार नेताहरु आफूलाई संयोजक बनाइयोस भनेर हात-पाउ मल्न थुप्रै काँग्रेसी नेताहरुकोमा नपुगेका भने होइनन।

अर्को लाजमर्दो कुरा, आफैं मसानमा पुगेको नेतृत्व लिएको पार्टीले गैरआवासीय नेपाली संघ जस्तो मर्यादित र सामाजिक सँस्थामा उम्मेदवार बनाउने भनेर रडाको मच्चायो। आफ्नै जनसम्पर्क समितिको बेहाल छ, रडाको छ, अधिवेशन गराउन नसकेको बर्षौं भैसक्यो। अनि अझै अन्य फुर्ति ? यति मात्र होइन, त्यसका लागि १७ वर्ष सम्म नेपाल बाहिए ननिस्केका नेता पूर्व बहादुर खड्कालाइ जिम्मेवारी लगाउने नेतृत्व कति दुरदर्शी होला ? परिस्थितिको मुल्यांकन नै नगरी त्यसैलाई स्वर्ग जितेझैं बुरुक्क उफ्रेर हिंड्नेहरुको त कुरै नगरौं। अन्तमा गैरआवासीय नेपाली संघको निर्वाचनमा नेपाली काँग्रेस पार्टी हारेकै हो। त्यसको जिम्मेवार को हुने त ?

एउटा भात ख्वाउने कुरामा लडाइ गर्ने जनसम्पर्क समिति नेतृवले गैरआवासीय नेपाली संघको निर्वाचनमा कस्तो भूमिका खेल्यो होला ? अनि तिनै व्यक्तिलाई नेता मान्नु पर्ने हो त सबैले ? के यसको कुनै विकल्प छैन ? नेतृत्वले गरेको गल्ति औंल्याउने या त्यसैमा हजुर-हजुर भन्दै थपाउने ? जवाफ कसैसँग छ त ?