-सान फ्रान्सिस्कोमा बिर गणेशमानको प्रदर्शन र प्रकाशमनसँग अन्तरकृया हुँदै

सान फ्रान्सिस्कोमा बिर गणेशमानको प्रदर्शन र प्रकाशमनसँग अन्तरकृया हुँदै

Hollywood Khabar November 06,2019 Comments

हार्दिक निमन्त्रणा,

राजनीतिमा नैतिकता हराउँदै गएको परिभेषमा सादा जीबन उच्च बिचारका धनि सर्बमान्य नेता गणेशमान सिंहको हुन् भन्ने कुरा सबैलाई जानकारी नै छ। उनै सर्वमान्य नेताको जीबनीमा आधारीत नेपाली चलचित्र बिर गणेशमान लिएर उहाँकै सुपुत्र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र राजु राज जोसी हाम्रो सहरमा आउँदै हुनुहुन्छ।

यही नोभेम्बर १७, २०१९ आईतबार मिलपीटासको Serra Theatre मा १:३० बाट चलचित्र प्रदशन हुँदैछ। सोही दिन बेलुकी ५ बजे बाट Meet and great अरोमा हाउस माउन्टेन भ्यु (903 E El Camino Real Mountain View) मा हुदैछ।

उक्त चलचित्र हेर्न र कार्यक्रमा उपस्थित भईदिनु हुन सबै प्रजातन्त्र प्रेमी दाजुभाइ दिदीबहिनीहरु समक्ष हार्दिक अनुरोध गर्दछु।

म आफै ४६ सालको आन्दोलनमा जम्मा ९ बर्षको थिए। जति बेला मेरो बुबा सानो बुबाहरुले देखाएको बाटो पछ्याऊदै त्यो कलिलो उमेरमै आन्दोलनमा समाहीत भएको थिएँ। जती बेला देखि सुनेको नाम हो बिर गणेशमान वा सर्बमान्य नेता गणेशमान, त्याग र तपस्याको अर्को नाम हो बिर गणेशमान, आफुले पाएको प्रधानमंत्री पद अस्वीकार गरेर जनता संगै रमाइने महान ब्यक्तित्व हो गणेशमान।

अहिलेका राजनीतिज्ञहरुले पढ्न र बुझ्न पर्ने नाम पनि हो गणेशमान। चलचित्र गणेशमानको बारेमा अझै बुझ्ने र जान्ने अबसर हो। त्यसैले स्सम्पूर्ण बेएरीयाबासी माहानुभाबलाई उपस्थित भईदिनुहुन हार्दिक अनुरोध गर्दछु।

नारायण खनाल

कार्यबाहक सभापति

जनसंपर्क समिति नर्दन क्यालीफोर्नीया च्याप्टर