-Ghanashyam Shrestha

बिरक्तिएर आउँछ मन

Hollywood Khabar June 08,2020 Comments

घनश्याम श्रेष्ठ, काठमाडौँ/६/९/२०/साँझ ५:०० बजे

देश को अवस्था देखि, हैन, कैले सम्म, यो लकडाउन !

भोक भोकै मर्न लागि सके जनता हरु,

खोक्रा आस्वाशन अनि भाषण मात्रै, हैन, नसकिने भो है यो लकडाउन !!

सडक सडक अनि गल्लि गल्लि मा,

उर्लिरहेका छन् जन सागर हरु,

एक एक गर्दै भरिंदै छन्, खालि खाली नगर हरु !

तैपनि,

चुपचाप चुपचाप खै, किन बोल्दैनन, ति अधर हरु !!

सुन्दा सुन्दै पाकिसके कान हरु,

MCC कोरोना र लकडाउन भन्दै, खै किन तानातान गर्दैछौ अरु !

हेर्दा हेर्दै थाकिसके नजर हरु,

सक्छौ भने सबलाई मार्देउ, या त देशै बेच्देउ बरु !!

रेट्छौ अझै कति, गर्छौ किन दु:ख,

एकै चोट ले छिनाली देउ अब, मार सक्छौ खुरु खुरु !

भित्रा भित्रै छुरा अब, चलाउँछौ तिम्ले कति,

उर्लेर आए जनसागर हेर, सक्छौ बढाऊ लकडाउन अझै, तिम्ले सक्ने जति !!

फेरिए झैँ लाग्छ तिम्ले फेर्ने स्वास अनि,

तिम्रा शरीर मा बग्ने रगत को रंग पनि !

त्यसैले त,

मौन छौ, बोल्छौ कैले,

जातीय विभेद र हत्या हिँसाले देश जब भंग हुन्छ अनि !!

के, थाहा छैन र, कि, बुझेर पनि बुझ पचाउँदैछौ,

"नेपाली हामी, रहन्छौ कहाँ, नेपाली नरहे" भन्ने कुरा !

खराब भयो जन जन को हाल,

कति गर्छौ अझै अब त, छाडिदेउ न लकडाउन बढाउने कुरा !!