Hollywoodkhabar advertisement

नेकपाका महासचिव तथा अर्थमन्त्री पौडेललाई बुटवलमा कालो झण्डा

-नेकपाका महासचिव तथा अर्थमन्त्री पौडेललाई बुटवलमा कालो झण्डा
0
shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव तथा नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेलका बिरुद्ध बुटवलमा कालो झण्डा प्रदर्शन गरिएको छ।

नेपाल विद्यार्थी संघ र तरुण दल रुपन्देहीका कार्यकर्ताले तिनाउ पुल नजिक नेपालगन्ज रोडमा कालो झण्डा देखाएर बाटो रोकेका थिए। मन्त्री पौडेल बुटवल हुँदै सैनामैनातर्फ जाने क्रममा थिए। उनि आफ्नो निर्वाचन क्षेत्र, रुपन्देही #२ को सैनामैना र पर्रोहा माध्यमिक बिधालयका नव निर्मित भवनको उदघाटन गर्न जाँदै थिए। प्रहरीले कालो प्रदर्शनकारीलाई तत्कालै सडकबाट हटाए पनि नियन्त्रणमा भने लिएको छैन।