Hollywoodkhabar advertisement

पौडेल मन्त्री हुने बितिक्कै मालपोतमा राती काम सुरु, मालपोत प्रमुख सहित २१ जना गिरफ्तार

-पौडेल मन्त्री हुने बितिक्कै मालपोतमा राती काम सुरु, मालपोत प्रमुख सहित २१ जना गिरफ्तार
0
shares

नेपाल कम्यूनिष्ट पार्टीका नेता तथा वर्तमान अर्थमन्त्री बिष्णु पौडेल पुन मन्त्री भएको हप्ता नै पुगेको छैन। उनि यस पहिला बालुवाटार जग्गा काण्डमा ८ आना जमिन दानकाण्डमा परेका व्यक्ति हुन्। उनले माफी मागेकाले सफाई पाएता पनि लाखौँ गैरआवासीय नेपालीहरुले पसिनाको लगानी गरेर किनेको जमिन र बनाएको एनआरएन मुख्याल पनि धरापमा छ।

संयोज नै मान्नुपर्छ उनी जमिनकाण्डका व्यक्ति पुन मन्त्री भएका छन्। अनि उनि मन्त्रि भएको केहि दिनमा नै मालपोत कार्यालका प्रमुख सहित राती पनि काम गर्न थाल्छन। सो संबन्धि नागरिक न्यूजले एउटा समाचार लेखेको छ। कार्यालय समयपछि गोप्यरुपमा पर्सा जिल्ला मालपोत कार्यालयमा पसेका कार्यालय प्रमुख सहित १३ जना कर्मचारी र ८ जना बिचौलिया गरी २१ जनालाई जिल्ला प्रशासन कार्यालय पर्साको टोलीले नियन्त्रणमा लिएको छ। नागरिकले यो समाचार प्रमुख जिल्ला अधिकारी आस्मान तामाङलाइ उदृत गर्दै लेखेको हो।