-Ghanashyam Shrestha

बिर्सिएर भोक र प्यास, देखाएका थिए, अदम्य साहस नेपालीको

Hollywood Khabar May 29,2020 Comments

घनश्याम श्रेष्ठ, काठमाडौं/बिहान ६:३० बजे/२०७७/०२/०७

 

बिर्सिएछन् झै लाग्छ कतै, तातो रगत नेपाली को !

उम्लि आउन्छ रगत अझै कति, वीर गोर्खाली को !!

 

खाए कै थिए माथ बैरी ले, त्यो युध्द नालापानी को !

बिर्सिएर भोक र प्यास, देखाएका थिए, अदम्य साहस नेपाली को !!

 

छुट्टै शान र मान थियो, जन्मे का थिए केही सपुत नेपाली को !

खै, कसोरी जन्मे, केही कपुत यहाँ, यही त दुर्भाग्य छ नेपाली को !!

 

आफ्नै भन्छ, मनोमानी गर्छ, टेक्छ छाती नेपाली को !

सहन्छ सहन सक्ने जति, नत्र देख्छ तागत नेपाली को !!

 

बैरी लाई पनि शरण दिन्छ, हेर मन कस्तो नेपाली को !

अझै छन् सिरुपाते खुकुरी उही शान, वीर गोर्खाली को !!

 

रातो र चन्द्र सुर्य, निलो आकाश छ सान्क्षि नेपाली को !

न हार्यो कैले, न हर्न दिन्छौ कैले, यो मान नेपाली को !!

 

बिर्सिएछन् झै लाग्छ कतै, तातो रगत नेपाली को !

उम्लि आउन्छ रगत अझै कति, वीर गोर्खाली को !!