-ब्लड डोनार्स एसोसिएसन क्यानडाको रक्तदान वटावामा हुने

ब्लड डोनार्स एसोसिएसन क्यानडाको रक्तदान वटावामा हुने

Hollywood Khabar November 16,2020 Comments

ब्राम्टन, क्यानडा/११/१६/२०

ब्लड डोनार्स एसोसिएसन क्यानडाको स्थापना पश्चात संस्थाले पहिलो पटक समुह रक्तदान राजधानी वटावामा गर्ने भएको छ।

आउदो डिसेम्वर ५ गते शनिवारका दिन व्लड डोनार्स एसोसिएसन क्यानडा र गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) क्यानडाको संयुक्त आयोजनामा वटावामा रक्तदान गर्न लागिएको हो।वटावाको १५७५ कार्लिंग एभिन्यु रक्तसंकलन केन्द्रमा २० जनाका लागी समुह रक्तदान गर्न स्थान बुक गरिएको व्लड डोनार्स एसोसिएसन क्यानडाका महासचिव लिला पाण्डेले जानकारी दिए।

वटावामा रक्त संकलन गर्न सम्पर्कका लागि एनआरएनए एनसीसी क्यानडाका सदस्य सन्तोष बराल, एनआरएन क्यानडाका निवर्तमान उपाध्यक्ष रमेश बानिया र रक्तदाता कृष्णहरी गौतमलाई सम्पर्क गर्न सकिने जनाइएको छ। वटावापछि मोन्ट्रियल, भ्यान्कुवरको भिक्टोरिया, न्यु व्राउन्सविक, विनिपेग, सास्क्याच्युन, एनमण्टन, क्यालगरी लगायतका क्षेत्रमा क्रमस समुह रक्तदान आयोजना गरिने ब्लड डोनार्स एसोसिएसन क्यानडाका अध्याक्ष शुरेस गौतमले जानकारी दिए।