बंगलादेशकी प्रधानमन्त्री शेख हसिना सम्मेलन नसकिँदै स्वदेश फर्किदै

Hollywood Khabar August 29,2018 Comments

१५ भाद्र काठमाडौं।बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनको कार्यक्रमको समय तालिका अनुसार आज शुक्रबार पौने २ बजे सम्मेलनको समापन हुदैछ। तर बंगलादेशकी प्रधानमन्त्री शेख हसिना भने सम्मेलन समापन हुनुभन्दा पौने तीन घण्टा अगावै स्वदेश फर्कदैछिन्। उनी आज शुक्रबार बिहान ११ बजे स्वदेश फर्किने परराष्ट्र मन्त्रालयको कार्यक्रमको समय तालिकामा उल्लेख छ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा आलोचना भइरहेकोले प्रधानमन्त्री शेख हसिना दबावमा छिन्। देशभित्र सरकारविरुद्ध चर्किएका असन्तोषका आवाजलाई मत्थर पारी निर्वाचन गराउन उनलाई दबाव छ। तर सरकारले विपक्षीहरूलाई गैरकानुनी तवरबाट पक्राउ गर्ने र जेल हाल्ने काम गरेको, प्रेस स्वतन्त्रता हनन गरेको र नागरिक अधिकार कटौती गरेको भन्दै प्रधानमन्त्री हसिनाको आलोचना भइरहेको छ। 

सम्मेलनले मंगलबार सदस्य राष्ट्रका सचिवहरूको बैठक र बुधबार मन्त्रीस्तरीय बैठकबाट भएका निर्णय र प्रस्तावहरूलाई अनुमोदन गर्दै बैठकको समापन गरिने भएको छ। यसबीच सदस्य राष्ट्रहरूका राष्ट्राध्यक्ष/सरकार प्रमुखबीच साइडलाइन बैठकहरू पनि हुने कार्यक्रम तालिका रहेको छ।