Dharmindra D Shah

बोल्न छोरा !!!! धर्मिन्द्रा शाह

Hollywood Khabar May 22,2017 Comments

बोल्न छोरा बोल !!!!!

हो र छोरा ?

जिउदै जलाए रे 

तिम्रा साथी  

हल्ला सुनेको 

पल्ला घरमा 

छोरा, 

डिउटिमा खटिदा

बन्दुक दिदैनन र बा ? 

साथीको सिरमा 

भाला रोपीदा 

साञ्चै, टुलुटुलु हेरेर 

किन बसिस् त बा ? 

तिम्रा हाकिम्ले 

बन्दुक दिएर 

गोली दिएन्न कि  

सबै दिएर 

चलाऊने अनुमती दिएन्न कि ।

हैन भने 

जिउदै,आगोले जल्दै गर्दा 

आत्म रक्षाको लागि 

आकाश तर्फ बन्दुक किन 

पड्काइनस त बा ? 

छोरा,

अवस्था हेरेर 

अश्रु ग्यास हान्न 

मिल्छ भन्थे त 

त्यो दिन बोकेनौ र ? 

अनि, आपतमा

हावाइ फायर गर्न मिल्छ 

भन्ने पनि सुनेको 

त्यो तिम्रो हातको बन्दुक 

देखाउनलाई मात्र हो र? 

होईन भने 

फायर किन 

खोले नौ त बा ?  

सुन्दै छु, 

हिजो जिउदै जलाउने 

आज उन्मुक्ती पाउदै छन रे ?

ए छोरा , भनन

ति सबै निर्दोष हुन त बा ? 

२\४ वटा 

गोली खेर जादा हुन 

हवाइ फायर गर्दा 

के जान्थ्यो र बा ? 

मन नपरे, २४ घण्टामा 

हेड्क्बाटर तान्थे होला  

बढुवामा, ब्ल्याक हान्थे होला  

तर छोरा,साथीको 

ज्यान त जोगिन्थ्यो कि बा ?  

साञ्चै, ए छोरा  भन्न ; 

दुधे नातीको 

दोष के थियो ? 

छोरा, त्यो दिन सगै थिईस् नि  

भएको के हो ? भनि सोध्दा,

किन बोल्दैन्स् त बा ? 

कि कानुनले 

सत्य नबोल भन्छ ।  

होईन भने 

किन मुख खोल्दैन्स् त बा ? 

फोनमा, ए छोरा 

मलाई भेट्न आइजा भन्दा  

सुरक्षा दिन खटिएको छु भन्थिस् त ।

साथी जिउदै जलाउदा 

त के हेर्दै बसिस् त बा ?