-बाल कुमारी घिमिरे/७/१०/२०
बुढेस कालको एउटै सहारा यै बेतको लौरी
हात पाउ मेरा थला बसे परे गाला चाउरी
छोरा लगे बुहारीले छारी ज्वाईका प्यारा
प्यारीलाई नि चुडिलग्यो पापी कालले बरा
आङ ढाक्ने मेरो दौरा त्यो नि मैलो भो रे
मेरो शिरको ढाका टोपी त्यो नि सुहाएन रे
कहाँबाट ल्याऊँ मैले विदेशी टाई सुट
यिनै चप्पल प्यारो मलाई भन्दा छाला बुट
छोएँ नाति नातिनीलाई लुगा मैलो भो रे
मै बुढाका सन्तान चाँहि तिनलाई प्यारो भो रे
भो भो मलाई चाहिदैन पक्की घर
गाउँमै बस्छु प्यारो छ खरको घर
हुर्काएँ,बढाएँ,पढाएँ,लेखाएँ,देखाएँ बाटो पनि
पसिनाले सिंचाउँदै यही माटोलाई खनी
जब बेला सहारा लिने भो
तब तिनलाई यो बूढो घाँडो भो
खेतबारी सबै बाँझो सक्तिन म खन्न
हात पाउ मेरा थाला बसे छैन खाने अन्न
सकुन्जेल सबैको हाइहाइ
नसकेसि सबैको पिलो बाइ
खोज्नु लिनु पर्यो भने नजिक नजिक पर्छन्
दुःख बिमार पर्यो भने पर पर सर्छन्
हुन्न विश्वास कसैको रत्तिभर
बुढेस कालको यै लौरो रैछ भर
बुढेस कालको यै लौरी सहारा
सिफारिस
झापाको बिर्तामोडमा चैत्र १२ गते टुबोर्ग होलि हङ्गामा हुने
बागलुङ सेवा समाज र बलेवा समाज अमेरिकाको संयुक्त आयोजना, न्यूयोर्कमा चै...
कम्युनिष्टको आदेशले फसेका गृहमन्त्री लामिछाने संचार क्षेत्रको बिरोधले...
गैरआवासीय नेपाली संघ र संबद्ध पक्षबारे:बागमती टेलिभिजनको कोर इस्यूमा