https://www.youtube.com/embed/988yiSt_5JA

-बुद्धिसागरको परेली बजारमा, टोरोन्टोको कार्यक्रम परेलीमय, क्यानडाका प्रधानमन्त्रीद्धारा शुभकामना

बुद्धिसागरको परेली बजारमा, टोरोन्टोको कार्यक्रम परेलीमय, क्यानडाका प्रधानमन्त्रीद्धारा शुभकामना

Hollywood Khabar April 13,2019 Comments

गायक बुद्धिसागर बस्यालको परेलीे बोलको गजल सार्वजनिक गरिएको छ । नेपाली नयाँ वर्षको अवसरमा क्यानडाको टोरोन्टोमा आयोजित एक कार्यक्रममा उक्त गजल सार्वजनिक गरिएको हो ।

सार्वजनिक भए लगत्तै टोरोन्टामा भएका सवै कार्यक्रमहरु परेलीमय बनेका थिए। रमेश थापाको शव्द र महेश खड्काको संगीत रहेको उक्त गजलमा गायक बस्यालको आवाज रहेको छ ।

वजारमा आउनु अघिनै जनमानसमा लोकप्रिय भइसकेको परेलीे बोलको गजल नेपाली नयाँ वर्षका अवसरमा प्रधानमन्त्री जस्टिन टुडोको शुभकामना सन्देश संगै औपचारिक रुपमा सार्वजनिक गरिएको हो ।

नेपाल, आइल्याण्ड तथा क्यानडाका विभिन्न पर्यटकीय स्थलमा छायांकन गरिएको म्युजिक भिडियोमा महेश खड्का र अन्जली अधिकारीको बेजोड अभियनय रहेको छ। उक्त भिडियोको निर्देशन शान थापाले गरेको हुन भने छायांकन अर्जुन तिवारीले गरेका हुन ।

नयां वर्षको अवसरमा क्यानडाका प्रधानमन्त्री टुडोसंगै अर्थमन्त्री विल मोर्नेउ, सिमा सुरक्षा तथा संगठित अपराध न्यूनिकरण मन्त्री विल व्लेयर लगायतले एनसिसिएस क्यानडा र सृजनशिल नेपाली समाज मार्फत नेपाली समुदायलाई शुभकामना दिएका थिए ।