बन्दना क्षेत्रीको: बुहारी नेपाली सन्दर्भमा

Hollywood Khabar May 06,2017 Comments

बन्दना क्षेत्री

जब एक युबती विवाह गरेर पराइ घर जान्छे तब ऊ बुहारी बन्दछे। भर्खर जन्मेको बच्चा र बुहारी मा केही फरक हुँदैन किनकी बच्चालाई हामीलेजस्तो सस्कार दियो उस्तै बन्दछ ,बुहारिलाई पनि हामीले जस्तो व्यबहार गर्दछौ उस्तै बन्दछन। माया सम्मान दिन्छौ भने बदलामा इज्जत सम्मान पाउछौ अपमान यातना तथा अभद्र व्यबहार गर्दछौ भने घ्रिडा पाउदछौ।

भाउजु बुहारीलाई दिदी बहिनी तथा छोरीलाई भन्दा बढी माया दिनुपर्दछ किनकी उनिहरुलाई पराइपनको महसुस नहोस्। श्रीमानले श्रीमतिलाई यती धेरै माया दिनु पर्दछकी श्रीमानको मायाबाट मख्ख भएर श्रीमतिले घरपरिवारका ब्यक्तिले गरेको अभद्र व्यबहारलाई बेवास्ता गर्न सकोस छोरीले गल्ती गरे ढाक छोप गरिन्छ बुहारीले गल्ती गरे प्रेमले सिकाउनुको सट्टा समाजमा कुरा काट्दै हिड्दछन। 

हाम्रो कतिपय स्वभाब सस्कार नमिलेका कारण सम्बन्धमा मनमुटाब हुन सक्छ। त्यसमा घरपरिवारका ब्यक्तिहरुले छोरी सम्झेर सिकाउनु पर्दछ। प्राय गरी नारीको अपमान नारीले नै गर्दछन कतिपय नारीहरु आफु पनि एक नारी बनेर अरुको भावनालाई बुझ्दैनन र कतिपय श्रीमानहरु यस्तापनि हुन्छन परिवारका कुरा सुनेर श्रीमतिलाई यातना दिने गर्दछन। यसो गर्दा श्रीमति टाढा हुने गर्दछन भने परिवार झन मनमुटाब बढ्दछ। 

हामीले आफ्नो मनलाई त कन्ट्रोल गर्न गाह्रो हुन्छ कहिले यो मन नकारात्मक हुन्छ भने कहिले सकारात्मक, आफ्नै मनको त ग्यारेन्टि लिन सकिदैन भने मेरा घर परिवारका सदस्यहरु सहि छन। उनिहरुबाट गल्ती हुँदैन भन्ने सोची श्रीमानले परिवारका कुरा सुनी श्रीमतिलाई यातना दिने मुर्खता कहिलेइ गर्नु हुँदैन उनिहरुको गल्तिलाई पुरुसले नै देखाउनु पर्दछ। किनकी दाजुभाइ वा छोराले पिटेको पनि सहन्छन् बुहारीले सानो कुरा पनि भनेमा तिलको पहाड बनाइ झै झगडा गरी दशबर्ष सम्म मनमा लिएर बस्छन। हाम्रो समाजमा प्रायजसो सम्बन्ध बिच्छेद घरपरिवारका ब्यक्तिहरुको कारणबाट हुने गरेको पाइएको छ | कतिपय घरपरिवारका ब्यक्तिहरुले बुहारीलाई पराइ व्यबहार गरी पटक-पटक दिएको यातनाले एक्दिन साच्चिकै बुहारी पराइ बन्दछे। हामी बुहारीले पनि घर परिवारका ब्यक्तिहरुलाई राम्रो वा नराम्रो जस्तो कर्म गर्दछौ। त्यही अनुसारको नराम्रो नै फल भोग्नु पर्ने हुन्छ। 

कतिपय परिवारका ब्यक्तिहरु यस्ता पनि हुन्छन कि बुहारीले आफ्नो गल्ती नहुँदा पनि जती सहेर बस्यो जती झुक्यो उती झन उनिहरुको घमन्ड बढेर झन नराम्रो व्यबहार गर्ने पनि पाइएको छ। यो पनि अर्काकी छोरी हो यसले हाम्रो परिवारमा आएर कति त्याग अनि संघर्श गरेकी छ भन्ने राम्रो पक्षलाई हेर्दैनन् हेर्छन। त टेन्शन या तनाबमा आएर बोलेका शब्दहरु अनि ति शब्दहरु दश बर्षसम्म मनमा लिएर बस्दछन्। मान्छे हो गल्ति जो कोहीबाट पनि हुनसक्छ। कतिपय भाउजु बुहारी पनि गलत हुन्छन तर नराम्रो पक्षलाई हेर्दा परिवार लथालिङ हुन्छ। 

त्यसैले राम्रो पक्षलाई हेरेर उनिहरुलाई अझ राम्रो व्यबहार गर्न हौसला दिनु पर्दछ, सबै घरपरिवारका ब्यक्ति पनि गलत हुँदैनन र सबै भाउजु बुहारी पनि गलत हुँदैनन। हाम्रो स्वभाब सस्कार एकआपसमा मेल नखादा हामी एकले अर्कालाई गलत देख्दछौ। भाउजु बुहारीलाई माया अनि सम्मान दिइ उनीहरुको नजरमा हामी पनि सम्मानित होऔ।