६ फागुन, काठमाडौं।नेपाली चलचित्र बुलबुलको पोस्टर प्रहरीले च्यात्न लगाएको छ।शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र बुलबुलको पोस्टरमा रक्सीको एउटा ब्रान्डको प्रचार गरेको भन्दै प्रहरीले राजधानीका विभिन्न स्थानमा टाँसिएका पोस्टर च्यात्न निर्देशन दिएको हो।कानूनतमा मदिराको विज्ञान गर्न नपाइने रहेको भन्दै पोस्टर हटाउन निर्देशन दिएको काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले बताए।फिल्ममा स्वस्तिमा खड्का, बुद्धि तामाङ लगायतले अभिनय गरेको चलचित्रका निर्देशक विनोद पौडेल र प्रोड्यूसर अविरल थापालाई बोलाएर पोस्टर हटाउन भनिएको हो।परिसरमा भएको छलफलपछि निर्माण पक्षले पोस्टर हटाउने प्रतिबद्धता समेत जनाएको प्रहरीको भनाइ छ ।
-चलचित्र बुलबुल
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...