-चितवनका विनोद बुर्लाकोटीको कुवेतमा मृत्‍यु

चितवनका विनोद बुर्लाकोटीको कुवेतमा मृत्‍यु

Hollywood Khabar June 14,2021 Comments

कुवेत, जुन १५, २०२१

हरीकृष्ण न्यौपाने,भन्डारा-५ चितवन घरभई कुवेतमा कार्यरत विनोद बुर्लाकोटिको उपचारको क्रममा मृत्‍यु भएको दु:खद खबर प्राप्त भएको छ।

कलेजोमा समस्या आएपछि कुवेतको आदान अस्पातलमा उपचार गराइरहेका बुर्लाकोटिको जुन-१३,२०२१ आईतवारको दिन मृत्‍यु भएको बताइएको छ। ३७ बर्षिय मृतक बुर्लाकोटी करिब ३ बर्ष देखी कुवेतको नवाफ मुतेरी कम्पनीमा काम गर्दै आएका थिए।

नेपाली राजदूतावास कुवेतका द्वितिय सचिव कृष्ण सिलवालले दिएको जानकारी अनुसार राहदानी #०८२७८०३५ का विनोद बुर्लाकोटीको उपचारकै क्रममा आदन अस्पातलमा मृत्‍यु भएको हो। तितोपाटी डट्कमका अनुसार कम्पनी र परिवारसंग समन्वय गरी कानुनी प्रकृयामा दूतावास लागि सकेको छ।