साङ्केतिक तस्बिर:साभार वेब

बसमा अटो ठोक्किदा ३ जना घाईते

Hollywood Khabar February 18,2020 Comments

७ फागुन,कैलाली।कैलालीको अत्तरियामा रोकेको बसमा अटो रिक्सा ठोक्किदा तीन जना घाईते भएका छन्।अत्तरिया स्थित सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय नजिकै रोकेको बसमा अटो रिक्सा ठोक्किएको हो।

मंगलबार पश्चिम बाट पूर्व आउदै गरेको अवस्थामा रोकेर राखेको म १ ख ६६४ नम्बरको बसमा से १ ह ५५७ नम्बरको अटो ठोक्किदा तीन जना घाईते भएका छन्।घाईते हुनेमा घोडाघोडी नगरपालिका २ का ३५ वर्षीय नरेश सुनी, ३७ वर्षीय बम बहादुर लुहार र कञ्चनपुरको वेदकोट नगरपालिका ३ का हिक्मत टमटा रहेको प्रहरीले जनाएको छ।