-नेपाल सरकारका महामहिम राजदूत डा अर्जुन कार्की

बाणिज्यदुत शेर्पाको आयोजनामा बिजनेश कोलाबरेशन सम्पन्न, महामहिम डा कार्की प्रमुख अतिथि

Hollywood Khabar July 27,2019 Comments

कृष्ण के सी/अमेरिका/७/२८/१९

नेपाल र अमेरिकामा रहेका नेपाली र अमेरिकी ब्यबसायीहरुको लागि बिजनेश कोलाबरेशन नामको बिजनेश साम्मेलन सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका महामहिम राजदूत डा अर्जुन कार्की थिए भने बिशेष अतिथिहरुमा गभर्नर र सिटी मेयरहरु पनि थिए।

स्टेट अफ वाशिङटन, सियाटलका लागि नेपाल सरकारका बाणिज्यदुत एसी शेर्पाको आयोजनामा जुलाई २६, २०१९ मा बिजनेश कोलाबरेशन सम्पन्न भएको हो। बाणिज्यदुत शेर्पाद्वारा आयोजना गरिएको नेपाली र अमेरिकी ब्यबसायीहरुको लागि यो बिजनेश कोलाबरेशन अत्यन्तै महत्वपूर्ण भएको कुरा प्रमुख अतिथि महामहिम राजदूत् डा अर्जुन कार्कीले विश्वास गरेका छन्।

कार्यक्रममा Doug Ericksen , Washington State Senator, Andy Rehune Mayor Bothell- WA, Scott DeLisi, Former US Ambassador to Nepal and Exe Dir Soarway Foundation, Joycee Shih, VP HSBC Bank, Simiran Kundu, VP PRM, Lisa Beers, मिस नेपाल २०१९ की अनुष्का श्रेष्ठ, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाका महासचिव पशुपति पाण्डे, Roshan Shrestha, Bill and Melinda Gate Foundation, ब्यबसायीहरु मिङ्ग्मार तामाङ्ग, श्याम तामाङ लगायत थुप्रै ब्यबसायी, कुटनैतिक र अन्य क्षेत्रका व्यक्तिहरुको समेत उपस्थिति रहेको थियो।

एकदिने सो बिजनेश सम्मेलन यस क्षेत्रको मात्र नभएर अमेरिकाको लागि नै पहिलो र अत्यन्तै महत्वपूर्ण समेत सावित भएको छ। खासगरी नेपालका लागि राष्ट्रपति ओबामाको प्रशानकालमा प्रदान गरिएको ७७ थरी सामानहरुलाई दिइएको भन्सार छुट, त्यसबाट के कस्तो अवस्था सृजना भए-गरेको छ, अब अमेरिकी र नेपालका ब्यबसायीहरुले यसबाट कस्तो फाइदा लिन सक्छन भन्ने कुराहरुको जानकारी सम्मेलनमा गराइयो।

नेपाल र अमेरिकामा लगानी, त्यसको बजारको अवस्था र संभावनाका बिषयमा सम्मेलनमा बिशेष उल्लेख गरियो। कार्यक्रमको अन्तमा आयोजक शेर्पाले सबैलाई धन्यवाद ज्ञापन गर्दै सम्मेलनको समापन गरे।