फेसबुक -

Hollywood Khabar February 07,2018 Comments

बिहान आँखा खोल्ने बित्तिकै पहिले तिमीलाई हेर्छु  
कहिलेकाँही त आधा रातमै पनि चियाउछु आधा आँखा खोल्दै 
कसैले बोलाएको ज्यान जाओस् सुन्दिन सुनेपनि नसुनेझैँ गर्छु 
तर तिम्रो छिस्सिक्क आवाज आउन साथ् मेरो ध्यान भंग। 

चिसोको प्रवाह छैन सके सम्म दुवै हात तिमीमा
आँखाको त कुरै नगर स्वर्गकी अप्सरा  देख्या छैन 
तर कस्सम तिमीबाट नजर हट्दै हट्दैन। 

यो जाडोको तातो चिया चिसो जुस जस्तै हुन्छ कहिले 
अन्तको त कुरै छोड शौचालय जाँदा पनि भुल्दिन 
तिमीलाई  हेर्दै कैयौ पटक निस्तो भात लुड्याएको।      

आँखा तिमीमा हुँदा कैयौ पटक पर्खाल अनि पोलमा ठोक्किएको  
सुन्धारा जानुपर्ने म,लगनखेलमा रोकिएको। 
काम र हाकिमको कुरै छोडौं मेरो ध्यान तिमीतिरै 
बरु खाजा खान्न तेसै तेसै अघाउछु 
घर पुग्दा तेही हो ताल एकातिर हात अर्कोतिर थाल।  

अध्यनको कुरै नगरौ तिमीलाई मैले जति कस्ले पढ्या छ र 
उत्तानो परेर लाइक कमेन्ट गर्दा खसेर नाकैमा लाग्दा  
तिमीलाई हेर्न कहाँ छोडे र ?

सुत्ने बेला अरुलाइ  सम्झन छोडेको धेरै भयो 
अरु भगवान सम्झेर सुत्लान म तिमीलाई 
अनि भन्छु जय फेसबुक जय जुकरवर्ग।