-क्यालिफोर्निया सान फ्रान्सिस्कोमा जनवरी २५ मा २८५६ औ सोनाम ल्होछार मनाउदै

क्यालिफोर्निया सान फ्रान्सिस्कोमा जनवरी २५ मा २८५६ औ सोनाम ल्होछार मनाउदै

Hollywood Khabar January 23,2020 Comments

हरेक बर्ष झै तामाङ को-अप्रेशन सोसाइटी अफ क्यालिफोर्नियाले यस बर्ष पनि आगामी जनवरी २५, २०२० शनिवारको दिन आयोजना गरिएको छ।

तामाङ समुदायको महान पर्व सोनाम ल्होछारमा नायिका पुजा चन्द (लामा) र राजु लामाका साथमा मनाउनको निम्ति भव्य तैयारी भैरहेको छ। त्यसका लागि कलाकारहरु पनि आईपुगिसकेको कुरा बताइएको छ।

तामाङ समुदायहरुको महान पर्व सोनाम ल्होछार तथा नयाँ बर्षको अबसरमा भब्यताका साथ आगामी जनवरी २५, २०२० शनिबारका दिन 850 Judah St San Francisco मा बेलुकी ५ बजेदेखी शुरु हुन गईरहेको छ।

प्रवासमा रहेर पनि आफ्नो भाषा, संस्कृति र परम्परा अनुसारको चाडपर्व मनाउन पाउनु सिङ्गो नेपालीहरुको निम्ति गौरव हो। यो ज़िम्मेवारी पनि हो भन्ने महसुसका साथ तामाङ को-अप्रेशन सोसाइटी अफ क्यालिफोर्नियाका अध्यक्ष प्रेम लामाले सम्पूर्ण सान फ्रान्सिस्को बे एरियाबासी नेपाली समुदायलाई उपस्थित भई सहयोग गरिदिनु हुन अनुरोध गर्दै चुल्हो निम्तोको समेत आह्वान गरेका छन्।

अन्त्यमा आफ्नो मौलिक पर्ब २८५६ औं सोनाम ल्होछारको शुभकामना ब्यक्त गर्दै तामाङ समुदायहरुको महान उत्सबलाई भव्यताका साथ सफल बनाउन अध्यक्ष लामाले अनुरोध पनि गरेका छन्।