-अप्रिल १५ देखि १६ बर्ष माथिका सबैलाई कोभिड १९ भ्याक्शिन

क्यालिफोर्नियामा अप्रिल १५ देखि १६ बर्ष माथिका सबैलाई कोभिड १९ भ्याक्शिन

Hollywood Khabar March 25,2021 Comments

स्टेट अफ क्यालिफोर्नियाले अप्रिल १५, २०२१ देखि लागु हुने गरी १६ बर्ष भन्दा माथिका सबै बासिन्दाहरुलाई कोभिड १९ को भ्याक्शिन खोल्ने भएको छ।

मार्च २५, २०२१ बिहिबार क्यालिफोर्नियाको अरेन्ज काउण्टीमा रहेको भ्याक्शिन साइट भिजिट गर्ने क्रममा गभर्नर ग्याविन न्यूसमले सो कुराको घोषणा गरेका हुन्। यसमा हालका प्राथमिकतामा रहेका सबै र बाँकी १६ बर्ष उमेर माथिका सबै बासिन्दाले भ्याक्शिन लिन सक्नेछन।

अप्रिल १ देखि ५० बर्ष उमेर या त्यो भन्दा माथिका सबैलाइ भ्याक्शिन प्राथमिकताको लिष्टमा राखिने समेत गभर्नर न्यूसमले बताए। तर हाल भ्याक्शिनको सप्लाई आवश्यक मात्रामा नपुगेको कुरा समेत गभर्नर न्यूसमले बताए।

पछिल्लो समय क्यालिफोर्नियामा कोभिड १९ को संक्रमण घट्दो क्रममा छ। धेरै काउण्टीका स्कूल, ब्यबसायिक फेसिलिटीहरु लिमिट क्षमताका आधारमा खुलेका छन् र खुल्ने क्रममा छन। गभर्नर न्यूसमले अब छिट्टै राज्य नियमति रुपमा जाने समेत बताए।

एबिसी न्यूजका अनुसार, क्यालिफोर्नियामा अब अप्रिलको पहिलो २ हप्ता २.५ मिलियनले पहिलो र दोश्रो डोज भ्याक्शिन प्रति हप्ता लिनेछन्। त्यसपछि ३ मिलियन प्रति हप्ता पुर्याउने योजना रहेको छ। हाल सम्म क्यालिफोर्नियामा १५ मिलियन डोज भ्याक्शिन प्रदान गरिएको छ।