-Gavin Newsom is the Governor of California, former Lieutenant Governor of California, and former Mayor of San Francisco

क्यालिफोर्नियाको अर्थतन्त्र जुन १५ देखि पूर्वरुपमा खुल्ने, ब्याक टु नर्मल

Hollywood Khabar June 08,2021 Comments

हलिउडखबर, जुन ८, २०२१

जुन १५, २०२१ देखि स्टेट अफ क्यालिफोर्नियाको अर्थतन्त्र पूर्णरुपमा खुलेन भएको छ। यसको अर्थ सबैजसो ब्यबसाय, उद्योग, फेसिटिलीहरु खुल्नेछन।गतबर्ष अमेरिकाको सबैभन्दा धेरै इन्फेक्शन रेट भएको क्यालिफोर्निया स्टेट यो पटक भने पूर्ण रुपमा खुल्ने भएको छ।

३९ मिलियन जनसंख्या रहेको यो स्टेट विश्वोको कै ५ औं ठूलो अर्थतन्त्र भएको राज्यमा पर्दछ। क्यालिफोर्नियामा बार्षिक ६५ मिलियन मानिसहरु आउने गर्दछन। त्यसैगरी १९ मिलियन मानिसहरु काम गर्दछन।

यसलाई कोरिना नियन्त्रणको लागि कलर कोड गरेर खुल्ने नीति लिएकोमा अब जुन सुकै फेजमा भएपनि सबै काउण्टीहरु एकै पटक खुल्ने बटाइएको छ। यसलाई सजिलो भाषामा ब्याक टु नर्मल भनिएको छ। सबै फेसिलिटीहरुमा क्षेमता अनुसार सबै सेवा खोल्न पाउने छन् कुनै लिमिट गरिने छैन। यसपूर्व थुप्रैमा क्षेमताको २५%, ४०%, ५०% जस्ता लिमिट गरिएका थिए।

यो स्टेट अफ क्यालिफोर्नियाको नीति भएता पनि काउण्टी, सिटी, स्थानीय ब्यबसायहरुले आफ्नो नियम बनाएर क्षमता घटाएर सेवा दिन पनि सक्नेछन। ठूला जमघट हुने ठाउँ स्पोर्टस्, कन्सर्ट जस्ता मेगा इभेन्ट हुने ठाउँमा भने अझै पनि केहि कोभिड १९ का नियमहरु कायम रहने छन्।

कुनै पनि आउटडोर जमघट १० हजार भन्दा कम संख्यामा हुनुपर्ने छ। भ्याक्शिन लगाएको अथवा टेष्ट नेगेटिभ भएको हुनुपर्ने। यदि कसैले भ्याक्शिन लगाएको र टेष्ट रिपोर्ट देखाउँन मान्दैनन भने मास्क लगाउनु पर्नेछ। यो नियम स्टेटले सुझाव मात्र गरेको हो तर अनिबार्य भने होइन।

त्यसैगरी इन्डोर जमघट भने ५ हजार जना सम्म लिमिट गरिएको छ। यसका लागि पनि आउट्डोरकै अनुसार बिधि अपनाउन भनिएको छ। यो चाहिँ स्टेटको अनिबार्य मापदण्ड हो सुझाव होइन।

यो गाइड लाइन अक्टुवर १, २०२१ सम्म लागु हुनेछ। सेप्टेम्बर २०२१ मा स्टेट अफ क्यालिफोर्नियाको हेल्थ डिपार्टमेन्टले मुल्यांकन गरेर अर्को तहको निर्देशन जारि गर्नेछ।

मास्क कुन-कुन ठाउँमा लगाउनु पर्ने?

  • जुन १५ देखि सिडिसीको गाइडलाइन अनुसार नै हुनेछ। यसको अर्थ पुरा डोज भ्याक्शिन लगाएकाहरुले सबैजसो ठाउँमा मास्क लगाउनु पर्दैन। जस्तोकी ग्रोसरी सपिङ्ग, जीम, बार, मुभी थियटर, मन्दिर इत्यादिमा।
  • तर केहि ठाउँमा भने सबैले मास्क लगाउनुपर्ने छ। जस्तोकि अस्पताल, जेल, होमलेस शेल्टर, हवाइ र मस ट्रान्जिट यात्रामा।

यसका अलावा क्यालिफोर्नियाले अनावश्यक यात्रा तत्काल नगर्न सुझाव गरेको छ। तर पनि अमेरका र स्टेट अफ क्यालिफोंरियामा प्रवेस गर्दा कोभिड टेष्ट रिपोर्ट र भ्याक्शिन रिपोर्ट भने आवश्यक पर्ने छैन। बाहिर जाने स्थानमा भने सो को अनिबार्य हुन सक्छ। भ्याक्शिन रेट द्रुतगतिमा लगाइएकाले अर्को कोभिड १९ को ट्रिगर आउने कुरामा क्यालिफोर्निया विश्वस्त छैन। पछिल्लो ६ महिनामा यसको रेट घट्दो रुपमा गएको छ।