-कोभिड १९ बाट क्यालिफोर्नियामा नेपाली युवाको मृत्यु

कोभिड १९ बाट क्यालिफोर्नियामा नेपाली युवाको मृत्यु

Hollywood Khabar September 13,2020 Comments

गणेश थापा, क्यालिफोर्निया, ९/१४/२०

संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यको उत्तरी खण्डमा रहेको सान फ्रान्सिस्को बे एरियामा कोभिड १९ संक्रमणका कारण एक युवाकोको मृत्यू भएको छ। सेप्टेम्बर १३, सोमबार एक नेपाली युवाको मृत्यु भएको स्थानिय नेपाली एशोसियशन अफ नर्दन क्यालिफोर्निया भन्ने संस्क्थाले आफ्नो फेसबुक पेजमा पोष्ट गरेको छ।

सँस्थाका अनुसार स्थानीय कन्ट्राकोष्टा काउण्टीको एलसरिटो सिटीमा परिवारसहित बस्दै आएका हेमकुमार चौहानको सोही ठॉउको काइजर अस्पतालमा निधन भएको बताइएको छ। चौहानको स्वास्थ्यमा समस्या आएपछि केहीदिन पहिला उनलाई अस्पतालमा लाग्दा अस्पतालले कोभिड १९ पुष्टि गरेको थियो। उनलाई स्वास प्रस्वासमा समस्या आएपछि अस्पतालले भेन्टिलेटर लगाएर उपचार गरेको थियो।

निजको शव अहिले अस्पतालमै रहेको र आवश्यक प्रकृया पुरागरे पश्चात् अन्तिम संस्कारको कार्य अधि बढ्ने स्थानीय नेपाली समुदायका एक प्रतिनिधिले जानकारी दिए। कोरोना भाइरसको यस महामारीमा परी अमेरिकामा डेढदर्जन जति नेपालीको मृत्यू भएता पनि २ हजार बढी नेपालीहरू रिकभर भइसकेका छन्।

पछिल्लो समय अमेरिकाको क्यालिफोर्निया राज्य कोभिड-१९ बाट सवैभन्दा बढी प्रभावित भएको छ। कोरोना भाइरसको संक्रमण सम्बन्धी अफिसियल डाटा अपडेट गर्दै आइरहेको न्युजब्रेकका अनुसार कोभिड-१९ को संक्रमणका कारण विश्वको सवैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा २४ घण्टाको अवधिमा ४ सय १० जनाको मृत्यु भएको छ भने ३४ हजार २ सय बढीमा भाइरसको संक्रमण भेटिएको छ ।

क्यालिफोर्नियामा मात्रै झण्डै सॉढे १४ हजार व्यक्तिको ज्यान जॉदा ७ लाख ६० हजार बढीमा संक्रमण देखिएको छ। अमेरिकामा हालसम्म करीव २ लाख मानिसको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भइसकेको छ भने झण्डै ६७ लाख व्यक्ति संक्रमित भएका छन्। अन्त्यमा, मृतकप्रति भावपूर्ण श्रद्धांजली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना !