-क्यालिफोर्नियामा कोभिड १९ केश बढेको रिपोर्ट

क्यालिफोर्नियामा कोभिड १९ केश बढेको रिपोर्ट

Hollywood Khabar June 24,2020 Comments

हलिउडखबर/६/२५/२०

स्टेट अफ क्यालिफोर्नियाले जुन २५, २०२० मा जारि गरेको रिपोर्ट अनुसार कोरोना भाइरसको संक्रमण बढेको जनाएको छ।

जम्मा १,९५,५७१ जनामा कोभिड १९ पोजिटिभ भएको छ जुन २.८% ले बढेको बताइएको छ। त्यसैगरी ५,७३३ जनाको कोभिड १९ बाट मृत्यू भएको छ। मंगलबार यो संख्या ५,६३२ थियो र आज यो संख्या १.८% ले बढेको भनिएको छ। हल सम्म क्यालिफोर्नियामा कोभिड १९ का परिक्षण गरिएका केश ३६,९४,३४५ भएको बताइएको छ। यो संख्या पनि मंगलबारको तुलनामा १०१,४४६ जना बढेको छ।