-क्यालिफोर्नियाले कोभिड-१९ भ्याक्शिन रेकर्ड डिजिटल कपि लिन सक्ने ब्यबस्था गर्यो

क्यालिफोर्नियाले कोभिड-१९ भ्याक्शिन रेकर्ड डिजिटल कपि लिन सक्ने ब्यबस्था गर्यो

Hollywood Khabar June 20,2021 Comments

हलिउडखबर, जुन २१, २०२१

क्यालिफोर्नियाले स्टेटले कोभिड-१९ भ्याक्शिन रेकर्डको डिजिटल कपि लिन सक्ने ब्यबस्था गरेको छ। स्टेटको वेबसाइटमा गएर डिजिटल कपिलिंकमा केहि सूचना भरेर सब्मिट गरेपछि फोनमा कोड आउँछ। त्यो क्यूआर बारकोड आवश्यक ठाउँमा सेलकपि अथवा प्रिन्ट कपिको रुपमा प्रयोग गर्न सकिन्छ।

स्टेटले क्यूआर बारकोड अथवा भ्याक्शिन लगाउँदाको समयमा दिएको रेकर्ड कार्डलाइ आवश्यक परेको ठाउँमा प्रयोग गर्न सकिने बताएको छ।

यदि एकैजना व्यक्तिको सेलफोन नम्बर या इमेल एड्रेस बच्चा या परिवारका धेरैजनाको रेकर्ड राखेको छ भने हरेकको फरक फरक पटक फर्म सब्मिट गर्नुपर्छ। पोर्टलले एक पटकमा एकजना मात्र रेकर्ड प्रदान गर्छ। थप जानकारी स्टेटको FAQ सेक्शनमा गएर लिन सकिन्छ।

आवश्यक पर्ने सूचना

  • नाम
  • थर
  • जन्म मिती
  • फोन नम्बर
  • इमेल/फोन नम्बर
  • ४ डिजिटको पिनकोड

सबै भरेर सब्मिट गर्नुहोस, फोन या इमेलमा एउटा लिंक आउँछ। लिंक क्लिक गर्दा पहिला भरेको पिन कोडमाग्छ। त्यो भरेपछि क्यूआर बारकोड आउँछ स्क्रिनशट या डाउनलोड गर्नुहोस। आफ्नो सेलफोनमा रेकर्ड राख्नुहोस आवश्यक पर्दा प्रयोग गर्नुहोस।

रेकर्ड लिनकोलागि यो पोर्टल लिंक क्लिक गर्नुहोस

https://myvaccinerecord.cdph.ca.gov/