-गभर्नर न्यूसमले क्यालिफोर्नियाका ४१ काउण्टीमा कोभिड कर्फ्यू जारी गरे

गभर्नर न्यूसमले क्यालिफोर्नियाका ४१ काउण्टीमा कोभिड कर्फ्यू जारी गरे

Hollywood Khabar November 20,2020 Comments

क्यालिफोर्नियाका गभर्नर ग्याविन न्यूसमले कोरोना भाइरसको महामारी बढेपछि राज्यका ४१ काउण्टीमा कोभिड कर्फ्यूको आदेश जारी गरेका छन्।

नोवेम्बर २०, २०२० मा गभर्नर न्यूसमले कोभिड १९ को लागि पर्पल कलर र्याटिङ्ग भएका सबै ४१ काउण्टीहरुमा कर्फ्यूको आदेश जारी गरेका हुन्। यो आदेश क्यालिफोर्नियाका ५८ मध्य हाल ४१ काउण्टीमा लागु हुनेछ। निश्चित समयका लागि होम स्टे अर्डर दइएको यो कर्फ्यूबाट राज्यका ९४% भन्दा धेरै जनासंक्यालाइ प्रभाव पार्ने छ।

नोवेम्बर २१, २०२० शनिबार देखि लागु हुने कर्फ्यू रातको १०:०० बजे देखि बिहान ५:०० बजे सम्म रहने छ। यो समयमा प्रतिबन्ध गरिएका कुराहरु थुप्रै छन्। यो समय राती १० बजे देखि बिहान ५ बजे सम्म वासिन्दाहरु घरमा नै बस्न भनिएको हो। यो समयमा अति आवश्यक ब्यबसाय-फेसिलिटीका कामबाट घर फर्कन र काममा जान भने पाइनेछ।

  • टेक आउट खाना पिकअप गर्न पाइने छ
  • रेष्टराँहरुले टेक आउट सेवा मात्र दिनेछन
  • सो समयमा कुकुरलाइ वाक गराउन सकिन्छ
  • सो समयमा घरमा पार्टी र ग्यादरिङ्ग गर्न मिल्दैन
  • यसलाई सेल्फ पोलिसिङ्ग नाम दिइएको छ। त्यसका अलावा ल इन्फोर्समेन्ट एजेन्सीहरु पनि प्याट्रोलिङ्ग गर्नेछन
  • अत्यन्तै आवश्यक परे हेल्प कल गर्न सकिनेछ
  • यो समय अति आवश्यक सेवाका फेसिलिटी खुल्ला रहनेछन