क्यालिफोर्नियामा कोभिड १९ संक्रमण आकासिंदै, मृत्यू दर ०.७ प्रतिशतले बढ्यो

0
shares

by Krishna KC | Updated: 01 Jul 2020

153 views
-क्यालिफोर्नियामा कोभिड १९ संक्रमण आकासिंदै, मृत्यू दर ०.७ प्रतिशतले बढ्यो

हलिउडखबर/७/१/२०

अमेरिकाका धेरै राज्यहरुमा कोभिड १९ केश बढेका छन्। क्यालिफोर्नियाको कुरा गर्दा राज्यले दिएको जुन ३०, २०२० मंगलबारको रिपोर्ट अनुसार अस्पताल भर्नाहुनेको संख्या आकासिंदै गएको छ।

जुन ३० सम्म क्यालिफोर्नियामा ४१,६७,१३९ जनाको परिक्षण गरिएकोमा २,२२,९१७ जनामा कोभिड पोजिटिभ पाइएको छ। त्यसैगरी ५,९८० जनाको मृत्यू भएको छ भने कोभिड १९ का कारण मृत्यू हुनेको दर ०.७% ले बढेको बताइएको छ।

पछिल्लो १४ दिनको कोभिड १९ को वृद्धिदर ५.६ प्रतिशत बताइएको छ। त्यसैगरी आइतबार देखि मंगलबार बिहान सम्म अस्पताल भर्ना हुनेको संख्या ३०१ जना छ। यो रिपोर्ट जुन ३०, २०२० बिहान ११ बजे सम्मको भएको कुरा स्टेट अफ क्यालिफोर्नियाले जनाएको छ।