-क्यानाडाबाट नेपालीहरुको पहिलो स्वदेश जाने फ्लाइट जुलाई १ मा सर्यो

क्यानाडाबाट नेपालीहरुको पहिलो स्वदेश जाने फ्लाइट जुलाई १ मा सर्यो

Hollywood Khabar June 26,2020 Comments

कोभिड १९ का कारण लमो समयदेखि क्यानडामा अड्किएर रहेका नेपालीहरु जुलाई जुलाई १, २०२० मा स्वदेश फर्कन पाउने भएका छन्।

क्यानडाबाट काठमाण्डौ जाने पहिलो स्वदेशफिर्ती उडान जुलाई १, २०२० मा को लागि निस्चित भएको छ। जुन २६ मा भनिएको उडानलाई जुलाई १ तारिकका लागि निश्चित गरिएको हो। ३ जुलाईमा काठमाण्डौ पुग्ने गरि कतार एयरवेज मन्ट्रीयलबाट जुलाई १, २०२० साझ ९ः१५ मा उडान भर्नेछ।

क्यानडाबाट उडान भर्ने यात्रुहरुले नेपाली राहदानी Passport अर्थात ट्राभल डकुमेन्ट अनिवार्य साथमा हुनुपर्ने

यात्रुले PCR/ RDT Test Negative or COVID-19 को संक्रमण नभएको स्वास्थ्यकर्मीबाट प्रमाणित गरेको सातदिन भित्रको प्रमाणपत्र साथै राख्नु पर्ने

यात्रुले नेपाल पुगिसेकेपछि नेपाल सरकारले तोकेअनुसारको क्वारेन्टाइनमा बस्नुपर्ने छ

विमानस्थलमा तथा अन्य उडानका अवधिमा अनिवार्य माक्स लगाउनुपर्ने छ

क्यानडाको मनट्रीयलबाट मात्र उडान भर्ने भएकोले उडान समयभन्दा कम्तिमा ४ घण्टा अगाडि विमानस्थल आइसक्नुपर्ने छ।

क्यानडाका अन्य प्रान्तबाट आउनेले भने विषेश ध्यान दिनु पर्ने छ

भाडादर भने अमेरिकाको लागि तोके बराबार अर्थात १६०० अमेरिकी डलर हुनेछ।

विस्तृत जानकारीको लागि दुतावासले जारी गरेको पत्र यसैसाथ संलग्न गरिएको छ

पिताम्वर भट्टराई

महासचिव

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद क्यानाडा

जुन २७, २०२०