-कोजाग्रत पुर्णिमाको दिन चियापान गर्ने परम्परालाई क्यानाडामा निरन्तरता

कोजाग्रत पुर्णिमाको दिन चियापान गर्ने परम्परालाई क्यानाडामा निरन्तरता

Hollywood Khabar November 01,2020 Comments

नेपाली काँग्रेस पार्टीको कोजाग्रत पुर्णिमाको दिन चियापान गर्ने परम्परालाई अक्टुवर ३१, २०२० मा क्यानडामा निरन्तरता दिइयो। नेपाली कांग्रेसका केन्द्रिय सदस्यहरु डा नारायण खड्का र सुरेन्द्र पाण्डे तथा नेपाली काँग्रेस जनसम्पर्क समन्वय बिभागका सदस्यहरुको सहभागितामा जीपी कोइराला फाउन्डेसनका क्युबेक सम्योजक प्रमेश गुप्ताको सभापतित्वमा जुममा चियापान कार्यक्रमका सम्पन्न भएको छ।

जुम सम्बाद कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्रेसका केन्द्रिय सदस्य एवं पूर्व मन्त्रि मा डा नारायन खड्काले नेपालको सबै भन्दा पुरानो पार्टी नेपाली काङ्रेसलाइ बलियो पार्टी बनाउनको लागि सबैले चुनाब पस्चात गुट भन्दा माथी उठी एकढिक्का भएर कम्युनिस्टहरुले गरिरहेको नितिगत भ्रस्टचार, कोभिड नियन्त्रणमा देखाएको चरम लापरबाही र अधिनायकबाद बिरुद्ध एक्जुट भएर अघि बड्न आग्रह गर्दै जनसम्पर्कहरुको बिवाद लोकतान्त्रिक पद्धती बाट समाधान गर्नु पर्ने आश्वाशन दिनु भयो।

सोही कार्यक्रमका बिशिस्ट अतिथि नेपाली काङ्रेसका केन्द्रिय सदस्य सुरेन्द्र राज पान्डेले नेपाली काङ्रेसको भबिश्यको बिषयमा चिन्ता जनाउँदै २०१३ देखि योउटै ब्यक्ति सङठनमा रहनु उचित न भएता पनि नेपाली काङ्रेसको केन्द्रिय समितिले आधिकारिकता दिएको सँस्थानै बैधानिक भएकोले अवधि सकिये पश्चात सबैलाइ समेटने गरि निर्बाचनमा जानुको बिकल्प न रहेको बताउनु भयो।उक्त बिषयहरुमा नेपाली जनसम्पर्क समिति समन्य बिभागका साथीहरुलाइ यदि आवश्यक्ता परेमा आफु सदैव बिबादहरुको समाधानको निमित्त सक्दो सहयोग गर्न तयार रहेको जानकारी गराउनु भयो।

कार्यक्रममा जनसम्पर्क समन्य बिभागका सदस्य बिमल ढकाल, जगदिश खाँण, बिध्या तिमिल्सिना, नेपाली जनसम्पर्क समितिका पूर्व सह-महामन्त्री के पी निरौला, सदस्य प्रज्ञान न्युपाने, जीपी फाउन्डेशनका उप-सभापती निरन्जन थापा, जीपी फाउन्डेशन क्यानडाका महा-मन्त्रि बिद्ध्या भुषण कार्की, शैलेन्द्र चापागाइ लगायतको उपस्थिति रहेको कुरा आयोजकहरुले जानकारी दिएका छन्।