२,फागुन,काठमाडौं।नेपाली कांग्रेसका सांसद दुर्गाप्रसाद उपाध्यायको निधनप्रति शुक्रबारको प्रतिनिधिसभा बैठकले शोक प्रस्ताव पारित गरेको छ ।बैठकमा दिवङ्गत उपाध्यायको आत्माको चीरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरि सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गरेको शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।क्यान्सर रोगका कारण नेता उपाध्यायको ५१ वर्षको उमेरमा शुक्रबार बिहान उपचारका क्रममा निधन भएको थियो ।सांसद उपाध्याय विसं २०७४ को राष्ट्रियसभा निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट प्रदेश नं ५ बाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए ।
-सांसद दुर्गाप्रसाद उपाध्याय
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...