-वडाध्यक्ष चतुरमान गुरूङ

क्यान्सरबाट वडाध्यक्षको निधन  

Hollywood Khabar September 20,2019 Comments

४ असोज, चितवन ।क्यान्सरबाट भरतपुर महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष चतुरमान गुरूङको निधन भएको छ ।तत्कालीन एमालेबाट उम्मेदवार बनेर विजयी भएका गुरूङको दुई महिनाअघि मात्रै पेटको क्यान्सर भएको पत्ता लागेको थियो । ६६ वर्षीय गुरूङको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा शनिबार विहान निधन भएको हो ।