Lethal Injection Room, Florida, Picture from Google

क्यापिटल पेनाल्टी अर्थात मृत्यू दण्ड: अमेरिकी सन्दर्भमा

Hollywood Khabar May 04,2017 Comments

कृष्ण के सी
मृत्यूदण्डलाई क्यापिटल पेनाल्टी जसलाई डेथ पेनाल्टी, डेथ सेन्टन्स, एक्जीक्यूशन, क्यापिटल अफेन्स जस्ता शब्दहरु ठाउँ र प्रयोजन अनुसार पनि प्रयोग गरिन्छ।
यो धर्तीमा कोही पनि मारिनको लागि जन्मदैन, कुनै पनि आमाले आफ्ना सन्तान मारिने कुरा सोच्न पनि सक्दिनन। तर पनि कानुनी र हत्या गरि मान्छेहरु मारिने र दण्ड दिने कुरा भने पुरानो र वर्तमान दुवै अवस्थामा छन्। हुन त ससस्त्र दृन्दकाबेला धेरैको ज्यान गयो तत्कालीन दृन्द नायक उर्फ प्रचण्ड नै हाल प्रधानमन्त्रि छन्। १७ हजार भन्दा धेरैको ज्यान लिने काम गरे-गराएका व्यक्ति आफुलाई हत्या गर्ने सड्यन्त्र हुँदैछ भनेर रोइ-कराई गरको कुरा हाम्रा सामु छ। जब अरुलाई मार्ने आदेश दिनेले पनि आफुलाई पर्दा दु:खी त हुने नै रहेछन। हो तेही कुरा वास्तविक हो की अन्तिम समयको जिन्दगी सबैलाई प्यारो हुन्छ। आजका विप्लब र अन्य आतंकबादीको पनि भोलिको अन्त्य भनेको कि त हत्या कि अन्य कारणले तर अन्त्य त अवश्य हुन्छ। अब प्रसङ्ग बदलौ।
क्यापिटल पेनाल्टी सरकारी न्यायालयले कुनै पनि व्यक्तिलाई जघन्य अपराध गरेकोले माफी या अन्य उपायले छुट गर्न नै नमिल्ने, जीवित छोड्दा समाजमा असुरक्षा हुने खालका अपराध गरेबापत दिइने मृत्यूदण्ड हो। अमेरिका लगायत विशवका ५६ भन्दा धेरै देशहरुमा क्यापिटल पेनाल्टीको ब्यबस्था छ। १०३ देशहरुमा भने यो ब्यबस्था हटाइएको छ। हुनत यो ब्यबस्थाको धेरै देश, राज्य र संघ-संघाहरुले बिरोध र विवाद गरेका छन।
अमेरिकामा क्यापिटल पेनाल्टी कानुनी ब्यबस्था हो। ५० मध्ये ३१ राज्य र केन्द्रिय सरकारले यसलाई कानुनी ब्यबस्थामा राखेका छन्। विशवको पश्चिमी देशहरुमध्ये अमेरिका मात्र क्यापिटल पेनाल्टी दिने देश हो। अमेरिकाले क्यापिटल पेनाल्टी दिंदा पहिलो पटक प्रयोगमा आएको Lethal Injection लाइ नै एकजीक्यूशन गर्ने गरेको छ।
Lethal Injection दिंदा ब्यक्तिको कार्डियाक रिदमको मनिटर गरिन्छ अनि मुटुको धड्कन बन्द भए पछि व्यक्तिलाइ मृत्यू भएको घोषणा गरिन्छ। भनिए अनुसार यो प्रक्रिया गर्न जम्मा ७ मिनेटको समय लाग्छ। तर सम्पूर्ण प्रक्रिया अर्थात तयारी गर्न भने २ घन्टाको समय लाग्ग्छ। यो इन्जेक्शनमा एक भन्दा धेरै ड्रग्सको प्रयोग गरिन्छ। खासगरी Barbiturate, Paralytic, and Potassium solution को प्रयोग हुन्छ। जसको कारण तुरुन्त मृत्यूबरण हुन्छ। खसगरी तीन प्रकारका ड्रगको प्रयोग गर्दा एनसथेटिकले मृत्यूदण्ड पाउने व्यक्तिलाइ  बेहोस गराइन्छ, Pancuronium Bromide ले सम्पूर्ण मसलहरु प्यारालाइज गर्छ र स्वास-प्रस्वासलाइ रोकिदिन्छ अनि Potassium Chloride को प्रयोगले मुटुको गति रोकिदिन्छ। यसरी तीन प्रकारका ड्रग्सको Lethal Injection एडमिनिस्टर गरेर व्यक्तिलाइ एक्जीयूशन/मृत्यूदण्ड  दिनेगरिन्छ अमेरिकामा।
रेकर्ड अनुसार अमेरिकाको इतिहासमा पहिलो पटक मृत्यूदण्ड ब्रिटिश नर्थअमेरिका कोलोनाइजले सन् १६०८ मा दिएको हो। Captain George Kendall ले Jamestown Colony लाइ स्पेनी सरकारको स्पाइ गरेकोमा मृत्यू  दण्ड दिएका हुन्।
१९६७ देखि १९७२ सम्म अमेरिकामा कुनै पनि एकजीक्यूशन गरिएनन। अन्तत धेरै राज्यहरुमा एकजीक्यूशन गर्ने कानुन पास भयो। सन् २०१६ सम्ममा ७८०० भन्दा धेरै व्यक्तिहरुलाई क्यापिटल पेनाल्टि दिएको छ। तिनीहरुमध्ये १४०० जना एकजीक्यूटेड भैसके भने २९०० भन्दा धेरै मृत्यू दण्डको क्यूमा छन्।