-पुरा डोज भ्याक्शिन लगाएकाहरुले निश्चित क्षेत्र बाहेक मास्क खुल्ला गर्न सक्छन, सिडिसी गाइडलाइन

पुरा डोज भ्याक्शिन लगाएकाहरुले निश्चित क्षेत्र बाहेक मास्क खुल्ला गर्न सक्छन, सिडिसी गाइडलाइन

Hollywood Khabar May 13,2021 Comments

पहिलो पटक अमेरिकाको सिडिसी (Centers for Disease Control and Prevention-CDC) ले दिएको नयाँ गाइडलाइन अनुसार पुरा डोज भ्याक्शिन लगाएका अमेरिकी वासिन्दाहरुले निश्चित क्षेत्र बाहेक मास्क खुल्ला गर्न सक्छन।

मे १३, २०२१ पहिलो पटक अमेरिकी राष्ट्रपति जो बाइडेनले मास्क खुल्ला गरेर सो कुराको घोषणा गरेका हुन्। हाल सम्म अमेरिकका २५० मिलियन अमेरिकन एडल्टहरुले पुरा डोज या कम्तिमा पहिलो डोज भ्याक्शिन लगाएको रिपोर्ट सिडिसीले दिएको छ। यो भनेको अमेरिकी एडल्ट पपुलेशनको ६०% हो।

पुरा डोज भ्याक्शिन लगाएकाहरुले फ्लाइट, पब्लिक बस, ट्रेन जस्ता धेरै भिड हुने क्षेत्र, अस्पताल जस्ता केहि निश्चित क्षेत्र बाहेक इन्डोर डाइन, बाटो, केहि साना र ठुला ग्रुपमा मास्क बिना भेटघाट गर्न सक्छन। सामान्य खालका फेसिलिटीमा मास्क खुल्ला र केहि सोसल डिस्टन्स कम गर्न, हात मिलाउन, हगगर्न सक्छन।

सिडिसिको यो नयाँ गाइडलाइन भएता पनि सिडिसीले केन्द्रिय सरकार, राज्य, काउण्टी र ट्राइबल निर्देशन पनि मान्न भनेको छ। कतिपय स्टेट र काउण्टीले आफ्नै गाइडलाइनको निर्देशन गर्ने अनुमान पनि गरिएको छ। केहि मानिसहरु यसबाट खुशी छन् भने केहि अझै मास्क लगाउने कुरा एबीसी न्यूजसँग बताएका छन्।

तर जसले पुरा डोज भ्याक्शिन लगाएका छैनन् या भ्याक्शिन नै लगाएका छैनन् उनिहरुले पहिलाको नै अनुसार मास्क लगाउने र सोसल डिस्ट्यान्स कायम गर्ने छन्।