-Ghanashyam Shrestha

छाडी जानेलाई

Hollywood Khabar July 06,2020 Comments

घनश्याम श्रेष्ठ/काठमाण्डौ/७/७/२०
 

नराम्ररी, दन्कदै छ आगो, बिछोडको यो छाती भित्र,
भेल बनि, निभाउन खोज्दैछन आँशु, यो आँखा भित्र !
सुन्छु, मेरो आँशु , दुनियाँको लागि, हाँसो नै भा छ रे,
सिमलको भूवां सरि, त्यो मन तिम्रो, दुङ्गो झैँ सार्हो भा छ रे !!

अल्झे किन, खै कसरो पो, तिम्रो मायाको जालमा,
पुतली झैँ, उडी हिड्ने जिबन, पर्यो चरी झैँ पिंजडामा !
के भनुँ म, खै कसोरी परे, किन यो मायाको बन्धनमा,
बुझ्नै, सकिन आखिर, के गरे र, पाप ठुलो, यो जिबनमा !!

भुली गयौ, तिमीले मलाई, पिउंदैछु जिबन जिउँनलाई,
मुटु मेरो, पार्यौ टुक्रा टुक्रा, सम्हाल्दै छु फेरि सिउँनलाई !
स्वतन्त्र छौ तिमि अब, जता मन लाग्छ, त्यतै चर्नलाई,
प्रियसी म तिम्रै भनि, एउटा छाडी अर्को, अंगाल्न लाई !!

तिमि मेरो, म तिम्रो हैन र, भनि सोध्थ्यौ सोध्नलाई,
बल्ल थाहा पाएँ आज, नाटक रच्यौ छाडी जान लाई !
दुई आँखाको, छौ वरिपरि, भन्थ्यौ तिमि भन्नलाई,
तड्पी बस्नु, रहेछ अहिले, एकै बोलि, तिम्रो सुन्नलाई !!

फुल्न, खोज्दै थिए कोपिला, ओइली झर्यो मर्नलाई,
हुन्छ भन्दै टुक्र्यायौ मेरो मुटु छाड्यौ एक्लै रुनलाई !
जिन्दगि यो के नै रहेछ बोझ भयो यो अब धर्ति लाई,
न त, बाँचु झैँ लाग्छ अब, पर्यो कि त अब रुँदै मर्नलाई !!

जिबन रहेछ, मेरो सिर्फ, अनुभब तितो संगाल्नलाई,
जन्मे एक्लै, हुर्के बढे, परे मायामा, जिबन हार्नलाई !
सबै टाढा, हुँदा रहेछन, दुखै दुख, पर्दा सबैलाई,
सुख पर्दा, तिम्रो नै हुँ, भनि भन्छन,आखिरमा, छुरा धस्नलाई !!

घाम कै झुक्लो, झुल्नु पर्छ यहाँ, शीत थोपा, सुकी जानलाई,
मिठो लाग्ने, मधुर एक बोलि, काफी छ यहाँ, मुटु रेटी दिनलाई !
गार्हो हुन्न, भन्थे सबले, सद्धे मान्छे, पागल बन्नलाई,
रातै भरि, जाग्राम बस्छन भन्थे मान्छे, आफ्नो सिमा नाघ्नलाई !!

छुट्टिनु नै, पर्दो रहेछ यहाँ मुटु, एक्कासी छटपटी बढ्नलाई,
नचाहेर नै, के पो हुन्छ आखिर, सर्वस्व नै लाग्न थाले आत्मालाई !
कति गार्हो, छ र यहाँ, संगै जिउने, संगै मर्ने, कसम खानलाई,
गार्हो त, तब हुन्छ जब, नछुट्टिने खाको कसम, बिर्सीएर भुल्न, छाडी जानेलाई !!