-उषा के सी, अगष्ट १९, २०२१

चङ्गाको धागो झैं अचानक छुट्ने साथ न हो

Hollywood Khabar August 18,2021 Comments

१.

सस्तो महङ्गो जुन चामलबाट पनि बन्ने भात न हो

धनि गरीब जो पनि आखिर जाने आर्य घाट न हो

बाचुन्जेल रिसलाई बेचेर सम्बन्ध दिगो पार्न सिक्नु

आखिर चङ्गाको धागो झैं अचानक छुट्ने साथ न हो

२.

हासो भित्र पीडा लुकाउने बानी छ

यो अन्त्र मनमा पिडाको खानी छ

बुझ्नेले बुझ्दैन जति संघर्ष गरेर पनि

त्यसैले होलाआँखा भरिभरि पानी छ

३.

तिमिले हिजो बोलाएर खुशी पोख्न आएको छु

तिम्रै चक्लेटि बोलीभित्र म लोभीएर धाएको छु

मान्छेमा बिश्वास र भरोसा साच्चै रति हुदोरहेन्छ

मिठो बोल्नेको बिश्वासमा खानु हन्डर खाएको छु

४.

दिलमा तिमीले दिएको पुरानै घाउको खाटो छ

जति पुरानो भए पनि आलो रगत जस्तै तातो छ

शुरु जस्तो अन्त हुँदैहुँदैन जिन्दगीमा कसैको पनि

मन मिल्दा सँगै नमिल्दा आ-आफ्नो हिड्ने बाटो छ

५.

सबैले ईमानमा बसेर चलाउन सिक देश

अनन्तकालसम्म युगौयुगौ टिकिरहन्छ भेष

पुर्खाले दुखले आर्जेकोयो हाम्रो मुलुक हो

अंशबण्ड नगर सन्ततिलाई चाहिन्छ शेष