-Krishna KC

इतिहास जसरी भयो तेसै गर्नु भनेको मुर्खता हो, खै परिवर्तन राजनीतिमा

Hollywood Khabar October 20,2017 Comments

कृष्ण के सी, अमेरिका, अक्टुवर २१, २०१७

महात्मा गान्धी धोती लगाउनु हुन्थ्यो त्यसैले उनका सबै फ्यानले या त्यो खाले नेताले धोती नै लगाउनुपर्छ भन्ने अनुसरण गरे। विशेश्वर प्रसाद कोइरालाले प्रजातन्त्रमा राजतन्त्र आवश्यक देखे अनि नेपाली कांग्रेसका थुप्रै अनुयाइहरुले उनको अनुसरण गरे। मदन भण्डारीले कम्युनिष्ट भित्र पनि प्रजातान्त्रिक रुपमा जान सकिन्छ भन्ने बहुदलिय जनवादको विकल्प दिए कतिले त्यसलाई अनुसरण गरे तर अधिनायकवादीहरुले खोसेर त्यसलाई समाप्त गरे। अनि त्यसको ठाउँमा लेनिन र माओले जनसेना बनाएर अन्य मान्छे मारेर कम्यूनिष्ट सरकार बनाए नेपालमा पनि त्यसैगर्नुपर्छ भनेर लागि परे। यी तरिका भनेको राजनैतिक फेशनकको सिकाइ हो यथार्थताको होइन।

थुप्रै व्यक्तिको प्रयास अनि चारजना व्यक्तिले सहिद भएर नेपालमा राणा शाशन समाप्त भयो र फेरी पंचायत कालखण्डको प्रादुर्भाव भयो। उनीहरुको लागि अब फेरि अरुले पनि बलिदानी दिनुपर्छ भन्ने उल्टो सिकाइ सुरुभयो। सरकारको बिरोध गर्नुपर्छ अनि आन्दोलन गर्नुपर्छ तर किन ? २०४६ को परिवर्तनले सबैको अस्थित्व स्वीकारेको नेपालको संबिधानले राजनीति गर्न, सरकार बनाउन, देशलाइ उन्नत बनाउन, नागरिक सेवा गर्न आम रुपमा देश बिकास गर्न कतै पनि रोकेको थिएन। तर त्यो संबिधानलाइ फालेर जानु आवश्यकता थिएन् तर जाने काम भयो। आखिर पाइयो के त ? सबैकुरा वर्तमान नबुझ्ने व्यक्तिहरुले दिने झुट् र आडम्वरी शिक्षा नै नेपाली राजनीतिको कमजोरी हो।

राम्रा काम, असल काम, परिवर्तन गर्न संसारका कुनै पनि इतिहास दोहो-याउनु पर्दैन भन्ने मेरो बुझाइ हो। इतिहासलाइ घृणा पनि गर्नुपर्दैन। त्यो समयमा, त्यो राज्य ब्यबस्थाका कुरा सही थियो या थिएन अर्को कुरा हो। वर्तमानमा आएर फेरी त्यसै गर्नुपर्छ भन्नु चाँहिँ गलत कुरा हो जस्तो लाग्छ।

कुरा बिपी आदर्शका, बहुदलीय जनवादका, लोकतन्त्रका गर्ने तर त्यो अनुरुप काम नगर्ने चलन पछिल्लो घटनाले देखाएको छ। ज्ञानगुणका भाषाण घण्टौ गर्ने, हल्कट र टुच्चदिमाग, सिरियस अनुहारका नौटङी, अतिबादी, जातिवादी, अति-पुरातनवादी, राजनीतिका वेदी, द्विवेदी, त्रिवेदी, चतुर्वेदी र सुवेदीहरुले राजनीति मात्र गर्ने अरु केहि पनि गर्न नजान्ने या नगरेका व्यक्ति अहिलेको समयमा आवश्यक छैनन र कहिल्यै पनि पर्दैनन।

कृयटिभ, लगनसिल, एक्शन ओरियन्टेड, एकल्चर्ड, एसिमिलेट, भिजन बेसको व्यक्ति जो कुनै पनि बिषयलाई लजिकल्ली व्याख्या र फ्याक्टले प्रमाणित गर्न सक्छ त्यो नै अहिलेको आवश्यक्त धार हुनसक्छ। नियम बिनाका मनोपली गर्ने, काइते र कान खजुरा, मन-माकुराहरु होइन, सोझै ड्याम्म हानेर भन्ने मान्छे आवश्यक्त छ। घुस्झुसे, कुइमुसे र मुस्मुन्द्रेलाइ वास्ता नगर्दा नै सहि होला।

इतिहास बाट के सिक्ने ?

हाम्रा अगाडि आएका सबै राजनेताहरु हाम्रा नयाँ जेनेरेशनलाइ केहि पनि सिकाउंदा रहेछनछन्। बरु उल्टै पुरानो समय-संदर्भले फालेको कुरा थोपरेर आफ्नो आनन्द लिंदा रहेछन। पैसा पाएर घर त के देशै पनि बेच्दा रहेछन। अनि राष्ट्रियता र देश भक्तिका नाममा पार्टी र कार्यकर्ताका कुरा गर्छन। ३० वर्ष पहिला जो उम्मेदवार थिए अहिले पनि तिनै व्यक्ति छन्। अनि अन्तिममा आएका जागरुक र भिजन भएकाहरुको पालो खै? यदी त्यसै थियो त परिवर्तन किन मागेको, २० औं हजार मान्छे किन मारेको ? खै परिवर्तन राजनीतिमा? कस्तो विडंवना ! जदौ !