तस्बिर साभार वेब

चैत मसान्तसम्मको साँवा र व्याज तिर्नु नपर्ने गरि सहुलियत दिने सरकारको निर्णय

Hollywood Khabar March 25,2020 Comments

१३ चैत्र काठमाण्डौं।सरकारले चैत मसान्तसम्मको बैंकिङ कर्जा र व्याज तिर्नु नपर्ने सहुलीयत दिएको छ।अर्थमन्त्री संयोजक रहेको उच्च स्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । 

जसअनुसार बैंकिङ तथा गैर बैंकिङ वित्तीय संस्थाबाट लिइएको ऋणको भाका सर्ने भएको हो । साथै साँवा तथा ब्याज चैत मसान्तसम्म तिर्नु नपर्ने भएको हो।विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण देशको अवस्था ठप्प भएसँगै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिनेहरुका लागि यस्तो व्यबस्था गरिएको जनाइएको छ।